बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
संसद् बैठक

कबिन्द्र बुर्लाकोटीले संसद्‌मा घोषणा गर्दैछन् बालेन्द्र शाहले सम्बोधन गर्ने मिति

मङ्गलबार, १२ जेठ २०८३, १६ : ४४
मङ्गलबार, १२ जेठ २०८३

काठमाडौँ ।  सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विपक्षी दलहरुबिच सदनको कारबाही सुचारु गराउने सहमति भएको छ । 

रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा प्रमुख सचेतकबीच सिंहदरबारमा भएको अनौपचारिक छलफलमा सहमति भएसँगै संसदको अवरोध हट्ने भएको हो । 

प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसदहरुबिच प्रश्नोत्तर कार्यक्रम हुने नियमावलीको व्यवस्था प्रधानमन्त्री बालेन्द्र शाहले उल्लंघन गरेको भन्दै विपक्षीले संसद बैठक अवरुद्ध गर्दै आएका छन् । 

स्राेतका अनुसार प्रधानमन्त्री शाहले जेठ १९ गते संसद्‌ बैठकलाई सम्बाेधन गर्नेछन् ।

राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले आजै बस्ने संसद् बैठकमा सत्तापक्षले संसद बैठकमा प्रधानमन्त्रीबाट सम्बोधन गराउने  प्रतिबद्धता व्यक्त गर्ने बताइन् । रास्वपाका तर्फबाट प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले सम्बोधन गर्ने मिति घोषणा गर्नेछन् । 

छलफलमा रास्वपाबाट बुर्लाकोटी, कांग्रेसबाट बासना थापा,एमालेबाट ऐनबहादुर महर, नेकपाबाट दुलाल, श्रम संस्कृतिबाट आरेन राई र राप्रपाबाट खुश्बु ओली सहभागी थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप