बजेट भाषणका लागि सङ्घीय संसद् भवनमा धमाधम तयारी
सारांश
- आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारीका साथ सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक कक्षलाई अन्तिम चरणमा पुर्याइएको छ।
- संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बजेट प्रस्तुत हुने दिन दुवै सदनका सांसद, कूटनीतिक नियोगका प्रतिनिधि, सरकारी कर्मचारी, व्यवसायी र सञ्चारकर्मीहरूको उपस्थितिका लागि बैठक कक्ष र दर्शक दीर्घा व्यवस्थापन भइरहेको छ।
- संसद् सचिवालयले प्रकाश, माइक, ध्वनि प्रणाली र प्रत्यक्ष प्रसारणका लागि आवश्यक प्राविधिक पूर्वाधारहरूको परीक्षण तथा मर्मतसम्भारका साथै बैठक कक्षको रङरोगन, सरसफाइ र सजावटमा कर्मचारीहरू जुटेका छन्।
काठमाडौँ । आगामी आर्थिक वर्षको नयाँ बजेट सार्वजनिक गर्ने समय नजिकिएसँगै सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक कक्षको तयारी तीव्र पारिएको छ।
सरकारले जेठ १५ गते संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्थाअनुसार संसद् सचिवालयले प्राविधिक, भौतिक तथा व्यवस्थापकीय तयारीलाई अन्तिम चरणमा पुर्याएको हो।

बजेट भाषणको विशेष दिनका लागि नयाँ संसद् भवनको प्रतिनिधिसभा बैठक कक्षलाई आकर्षक र व्यवस्थित बनाउने काम भइरहेको छ। बजेट प्रस्तुत हुने दिन प्रतिनिधिसभा र राष्ट्रियसभाका सबै सांसदहरू एउटै हलमा बस्नुपर्ने भएकाले प्रतिनिधिसभा बैठक कक्षमा सिट व्यवस्थापन र आवश्यक अतिरिक्त कुर्सीहरूको व्यवस्था मिलाइँदै छ।

यसका साथै, विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, उच्च पदस्थ सरकारी कर्मचारी, उद्योगी व्यवसायी तथा सञ्चारकर्मीहरूको ठुलो उपस्थिति रहने भएकाले दर्शक दीर्घा र अतिथि कक्षलाई समेत विशेष रूपमा व्यवस्थापन गरिँदै छ। हलभित्रको प्रकाश, माइक तथा ध्वनि प्रणाली, र प्रत्यक्ष प्रसारणका लागि आवश्यक प्राविधिक पूर्वाधारहरूको सूक्ष्म परीक्षण र मर्मतसम्भार भइरहेको संसद् सचिवालयले जनाएको छ।

संसद् सचिवालयका कर्मचारीहरू बैठक कक्षको रङरोगन, सरसफाइ र आन्तरिक सजावटमा जुटेका छन्।

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण