यमबुद्ध स्केटबोर्ड पार्क निर्माण कार्य अन्तिम चरणमा (तस्बिरहरू)
सारांश
- काठमाडौँमा यमबुद्ध स्केटबोर्ड पार्क निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
- जग्गा प्राप्त गर्न नसक्दा रोकिएको पार्कको निर्माण १३ रोपनी सरकारी जग्गा संरक्षण गर्दै २०८१ जेठ २९ गतेदेखि सुरु भएको थियो ।
- पार्कमा अन्तर्राष्ट्रिय स्तरको स्केटबोर्डिङ एरिया, बालबालिकाको खेलमैदान, खुला व्यायामशाला, शौचालय ब्लक र भलिबल कोर्ट लगायतका संरचनाहरू रहेका छन् ।
काठमाडौँ । प्रधानमन्त्री बालेन शाह काठमाडौँ महानगरपालिका प्रमुख हुँदा सुरु गरिएको र लामो प्रतीक्षा र सङ्घर्षपछि राजधानीमा यमबुद्ध स्केटबोर्ड पार्क निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।
सुरुदेखि नै स्केटबोर्ड पार्कलाई प्राथमिकतामा राखिए पनि जमिन प्राप्त गर्न नसक्दा काम रोकिएको सो पार्क अहिले निर्माणको अन्तिम चरणमा पुगेको हो । ‘सुरुमा वार्ड १६ मा निर्माण गर्ने तयारी भए पनि तत्कालीन वडा अध्यक्ष मुकुन्द रिजालको निधनपछि जग्गा प्राप्त गर्न नसक्दा योजना स्थगित भएको थियो,अन्ततः काठमाडौँ–५ का वडा अध्यक्ष वीरेन्द्र प्रजापति र स्थानीय समुदायको पहलमा १३ रोपनी सरकारी जग्गा संरक्षण गर्दै २०८१ जेठ २९ गतेदेखि पार्क निर्माण काम सुरु गरिएको थियो ।
पार्कमा प्रमुख संरचनाहरूअन्तर्राष्ट्रिय स्तरको स्केटबोर्डिङ एरिया (र्याम्प्स, बोल्स र स्ट्रिट्ससहित), बालबालिकाको खेलमैदान, खुला व्यायामशाला (ओपन जिम),शौचालय ब्लक, भलिबल कोर्ट लगायत रहेको छ ।
युवाहरूको संस्कृतिलाई अभिव्यक्ति दिने, कला–सङ्गीतलाई प्रोत्साहन गर्ने र परिवारमैत्री सामुदायिक स्पेसका रूपमा यो परियोजना अघि बढाइएको महानगरले जनाएको छ। तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी
_ydByeLQoc5.jpg)
_JErG9TjvmL.jpg)
_qBAsJpAHgo.jpg)
_SFhn3Um2bw.jpg)
_nJ5oAIhkHc.jpg)
_9qSDi6nCm2.jpg)
_lf1Kutd5rf.jpg)
_6739IJA4k2.jpg)
_416fTKDepr.jpg)
_TpAIgcgcRZ.jpg)
_HgdP3vqRNx.jpg)
_XkjKtoZWZD.jpg)
_x3V3Iw1XUm.jpg)
_jTGMfjFaH6.jpg)
_CMtXfmKEyD.jpg)
_jrkLlZak4n.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण