मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

आठ महिनामा १३२ चलचित्रले पाए प्रदर्शन अनुमति

बुधबार, १३ जेठ २०८३, १५ : ३२
बुधबार, १३ जेठ २०८३

सारांश

  • चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म १३२ वटा कथानक चलचित्रले जाँचपास (सेन्सर) अनुमति लिएका छन् ।
  • यो संख्या अघिल्लो वर्षको तुलनामा उत्साहजनक भएको उल्लेख गरिएको छ ।
  • चालु आर्थिक वर्षको फागुनसम्म २१ वटा विज्ञापन चलचित्रले जाँचपास गराएका छन् भने २५ वटा विदेशी चलचित्रले छायाङ्कनको अनुमति लिएका छन् ।

काठमाडौँ । नेपालमा निर्माण भई जाँचपास (सेन्सर) हुने कथानक चलचित्रको संख्यामा उतारचढाव देखिएको छ ।

सरकारले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणमा श्रव्य–दृश्य तथा सञ्चार क्षेत्र अन्तर्गत चलचित्र क्षेत्रको तथ्याङ्क पनि समेटिएको छ । 

जुन सर्वेक्षण अनुसार विदेशी चलचित्रलाई नेपालमा छायाङ्कनको अनुमति दिने क्रम पनि जारी छ । 

सर्वेक्षणको श्रव्य–दृश्यसम्बन्धी इजाजतको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म (पहिलो आठ महिनामा) १३२ वटा कथानक चलचित्रले जाँचपास (सेन्सर) अनुमति लिएका छन् । 

यो संख्या अघिल्लो वर्षको तुलनामा उत्साहजनक भएको उल्लेख गरिएको छ । नेपालमा विज्ञापन चलचित्र निर्माण र विदेशी चलचित्रको छायाङ्कन पनि भइरहेको सर्वेक्षणले देखाएको छ । 

चालु आर्थिक वर्षको फागुनसम्म २१ वटा विज्ञापन चलचित्रले जाँचपास गराएका छन् । त्यस्तै, यही अवधिमा २५ वटा विदेशी चलचित्रले नेपालमा छायाङ्कनका लागि अनुमति (इजाजत) लिएका छन् । अघिल्लो वर्ष २०८२ असारसम्म ३० वटा र २०८१ असारसम्म ५३ वटा विदेशी चलचित्रले नेपालमा छायाङ्कनको अनुमति पाएका थिए ।

साहित्य, कला तथा संस्कृति खण्डको तथ्याङ्क अनुसार नेपालमा चलचित्र निर्माताहरू आफ्नो सिर्जनाको प्रतिलिपि अधिकार (कपिराइट) दर्ता गर्ने सन्दर्भमा भने निकै पछाडि देखिएका छन् ।

हालसम्म नेपालमा जम्मा ३ हजार २ सय ७८ वटा प्रतिलिपि अधिकारजन्य रचना दर्ता भएका छन् । त्यसमध्ये चलचित्र तथा वृत्तचित्रतर्फ’ जम्मा १७ वटा कृति मात्र दर्ता भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप