दाङमा प्रहरीको जग्गामा बसोबास गर्नेहरूलाई १५ दिनभित्र खाली गर्न सूचना
सारांश
- दाङको घोराहीस्थित लुम्बिनी प्रदेश प्रहरी विद्यालयले आफ्नो जग्गा अतिक्रमण गरी बसेकालाई १५ दिनभित्र खाली गर्न सूचना जारी गरेको छ ।
- जिल्ला दाङ साविक सोनपुर गाविस वडा नं. ५ 'ख', हाल लमही नगरपालिका वडा नं. ३ सोनपुरस्थित कित्ता नं. ४१४ को १४ हजार ५३९.४४ वर्गमिटर जग्गामा अनधिकृत रूपमा घरटहरा निर्माण गरी वा भोगचलन गर्दै आएका व्यक्तिहरूलाई यो सूचना दिइएको हो ।
- तोकिएको १५ दिनभित्र संरचना नहटाएमा प्रहरी विद्यालय प्रशासनले आफैं हटाउने प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ ।
बुटवल । दाङको घोराहीस्थित लुम्बिनी प्रदेश प्रहरी विद्यालयले आफ्नो नाममा रहेको जग्गा अतिक्रमण गरी बसोबास गर्दै आएका व्यक्तिहरूलाई १५ दिनभित्र जग्गा खाली गर्न आग्रह गरेको छ ।
विद्यालय प्रशासन शाखाद्वारा जारी सूचनाअनुसार जिल्ला दाङ साविक सोनपुर गाविस वडा नं. ५ ‘ख’, हाल लमही नगरपालिका वडा नं. ३ सोनपुरस्थित कित्ता नं. ४१४ को २१–७–०–० (१४ हजार ५३९.४४ वर्गमिटर) क्षेत्रफल रहेको जग्गामा अनधिकृत रूपमा घरटहरा निर्माण गरी वा भोगचलन गर्दै आएका भनिएका व्यक्तिहरूलाई तोकिएको समयभित्र संरचना हटाउन भनिएको हो ।
सूचनामा आजको मितिदेखि १५ दिनभित्र उक्त जग्गामा बनेका घरटहरा लगायतका भौतिक संरचना आफैं हटाई जग्गा खाली गर्न अनुरोध गरिएको छ । अन्यथा विद्यालय प्रशासनले संरचना हटाउने प्रक्रिया अघि बढाउने जनाएको छ ।
प्रहरी निरीक्षक रामकुमार केसीद्वारा हस्ताक्षरित सूचनामा सम्बन्धित सबैलाई जानकारी गराइएको उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण