रक्षा बमको आक्रोशः सरकार तिम्रो नियत न्याय र अन्याय छुट्याउने हो भने अनुसन्धान गर
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले हालै सार्वजनिक गरेको जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदनलाई लिएर अभियन्ता रक्षा बमले सरकारको कडा आलोचना गरेकी छन् ।
सरकारले प्रतिवेदनको आडमा लोकतन्त्र पक्षधरहरूलाई तारो बनाउन खोजेको भन्दै उनले गम्भीर आपत्ति जनाएकी हुन् ।
बुधबार साँझ सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अभियन्ता बमले सरकारलाई अनुसन्धानको प्रक्रियामा इमानदार बन्न चेतावनी दिएकी छन् । उनले सरकारको नियतमाथि प्रश्न उठाउँदै भनिन्, 'सरकार, यदि तिम्रो नियत न्याय र अन्याय छुट्याउने हो भने अनुसन्धान प्रारम्भ गर । होइन भने आफ्ना राजनीतिक कित्ताबाजी मिलाउन आयोगको प्रतिवेदनमा बयान र प्रारम्भिक सोधखोजबिनै नाम राखेर आन्दोलनको अपराधीकरण गर्ने काम बन्द गर ।'
उनले स्वतःस्फूर्त रूपमा राष्ट्रिय बेथितिविरुद्ध सडकमा उत्रिएका युवाहरूलाई हिंसात्मक गतिविधिमा संलग्नहरूसँग तुलना गर्नु स्वीकार्य नहुने स्पष्ट पारेकी छन् ।
अभियन्ता बमले पूर्वप्रधानमन्त्री सुशीला कार्की र पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालजस्ता सम्मानित व्यक्तित्वहरूको नाम प्रतिवेदनमा जोड्नु राज्यको राजनीतिक दाउपेच मात्र भएको आरोप लगाएकी छन् । उनले फेसबुकमा थप लेखेकी छन्, 'राज्य संकटको अवस्थामा ज्यानको बाजी थापेर राष्ट्र, संविधान र लोकतन्त्रका निम्ति ऐतिहासिक योगदान दिनुभएका व्यक्तिहरूलाई आफ्नो राजनीतिक दाउपेचको बीचमा पिस्ने काम नगर ।'
बुधबार मानव अधिकार आयोगले जेनजी आन्दोलनका सन्दर्भमा प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनमा नाम समेटिएका कतिपय व्यक्तिहरूले भने यसलाई आफूविरुद्धको राजनीतिक प्रतिशोधका रूपमा लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण