डेढ वर्षसम्म आँखाभित्र १२ सेमी लामो काठको टुक्रा अड्किएपछि
सारांश
- रुसमा एक ५० वर्षीय पुरुषको आँखाको सकेटमा १२ सेन्टिमिटर लामो हाँगाको टुक्रा फेला परेको छ ।
- डेढ वर्षसम्म आँखामा दुखाइ र दृष्टि कमजोर भएपछि अस्पताल भर्ना भएका उनको एमआरआई र सीटी स्क्यानबाट उक्त टुक्राको पहिचान भएको थियो ।
- शल्यक्रिया गरी नाकबाट टुक्रा निकालिएपछि उनको दृष्टि जोगिएको छ र स्वास्थ्यमा सुधार आउने अपेक्षा गरिएको छ ।
मस्को । रुसमा एक जना ५० वर्षीय पुरुषको आँखाको सकेटमा १२ सेन्टिमिटर लामो हाँगाको टुक्रा फेला परेको छ । पीडित व्यक्तिको नाम युरी हो । उनी रिल्स्क शहरका बासिन्दा हुन् । सन २०२४ मा उनी आफ्नो बगैँचामा मेपलको हाँगा छिमलिरहेका थिए । अचानक आफ्नो बायाँ आँखामा उनले तीव्र चोट महसुस गरे । त्यसबेला आँखाको सुरक्षाका लागि उनले चस्मा लगाएका थिएनन् । आँखामा काठको टुक्रा आँखामा छिर्यो होला भनेर उनले खासै वास्ता गरेनन् ।
केही समयपछि पीडा कम भएपछि उनले उक्त घटना गम्भीर नभएको ठानेर बिर्सिए । यद्यपि त्यसपछि पनि बायाँ आँखामा कहिलेकाहीँ दुखाइ र असहजता भइरह्यो । विभिन्न आँखाका चिकित्सकहरूलाई देखाए पनि दुखाइएको स्पष्ट कारण पत्ता लागेन । न त उपचारले नै खास प्रभाव पार्यो । पछिल्ला महिनामा उनको अवस्था झन बिग्रियो—दुखाइ असह्य हुँदै गयो र बायाँ आँखाको दृष्टि पनि कमजोर हुन थाल्यो । केही समयअघि उनलाई कुस्र्क क्षेत्रीय अस्पतालमा भर्ना गरियो ।
एमआरआई परीक्षण गर्दा आँखाबाट टाउकोको गहिरो भागसम्म पुगेको लामो बाह्य वस्तु फेला पारे । अस्पतालको रिपोर्टअनुसार सीटी स्क्यानले देखाएको त्यो वस्तु वास्तवमा १२ सेन्टिमिटर लामो हाँगाको टुक्रा थियो, जसले आँखा, साइनस क्षेत्र र खप्परको भित्रसम्म क्षति पुर्याएको थियो । यो खतरनाक रूपमा मस्तिष्कका महत्त्वपूर्ण संरचनाहरू नजिक पुगेको पाइएको थियो ।
बाहिरी चिरफार नगरी नाकबाट शल्यक्रिया गरेर चिकित्सकहरू उक्त काठको टुक्रा सफलतापूर्वक निकाल्न सफल भए । आफ्नो आँखाबाट हाँगाको टुक्रा निकालेपछि युरी झल्यास्स भए, उनलाई म्यापलको हाँगा काटेको दिनको घटना स्मरण भयो । शल्यक्रिया सफल भएपछि उनको दृष्टि जोगिएको र उनी क्रमशः सुधारतर्फ उन्मुख रहेको बताइएको छ । डाक्टरहरूका अनुसार उनी अहिले औषधि उपचारमा छन् र पूर्ण रूपमा निको हुने अपेक्षा गरिएको छ ।
यो घटना दुर्लभ भए पनि चिकित्सा क्षेत्रमा कहिलेकाहीँ यस्ता अनौठा घटनाहरू देखिन्छन् । केही समय अघि चीनमा एक जना पुरुष आठ वर्षसम्म घाँटीमा धातुको चपस्टिकको टुक्रा लिएर हिडिरहेको समाचार आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय
-
दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
-
सुनसरी घटना : प्रशासनले लगायो अनिश्चितकालीन कर्फ्यू
-
सुनसरीका नागरिकलाई संयमित रहन मुख्यमन्त्री कार्कीको आग्रह
-
सालकको अखेटोपहार ओसापसारको अभियोगमा तीन जना पक्राउ
-
अव्यवस्थित तार हटाउने कार्य : दुई मन्त्रीको संयुक्त अनुगमन, समयसीमाभित्र काम नसके कारबाही गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण