युक्रेनी संसद्ले गर्याे युरोपेली सङ्घसँगबाट ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन
काठमाडाैँ । युक्रेनको संसद्ले बिहीबार युक्रेन र युरोपेली सङ्घबिचको ऋण सम्झौतालाई अनुमोदन गर्ने पक्षमा मतदान गरेको छ।
इयुको सहयोगमा भएको ऋण सम्झौताको अनुमोदन गर्दै युक्रेनको लागि आर्थिक वर्ष सन् २०२६ र सन् २०२७ मा ईयूबाट ९० अर्ब युरो (१०४.७ बिलियन अमेरिकी डलर) प्राप्त गर्न कानुनी प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ, युक्रेनको अर्थ मन्त्रालयले एक विज्ञप्तिमा उल्लेख गरेको छ।
अर्थमन्त्री सर्गेई मार्चेन्कोले भने, “यो ऋणले युक्रेनको समष्टिगत वित्तीय स्थिरता कायम राख्न, प्राथमिकता बजेट खर्चको वित्तपोषण गर्न र रूससँगको द्वन्द्वको बीचमा देशको रक्षा क्षमता सुदृढ गर्न महत्त्वपूर्ण साधनको रूपमा काम गर्नेछ।”
सम्झौता अन्तर्गत युक्रेनको रक्षा तथा औद्योगिक क्षमतालाई बलियो बनाउनका लागि ६० अर्ब युरो खर्च गरिनेछ भने राज्यको बजेटका लागि ३० अर्ब युरो विनियोजन गरिनेछ।
युक्रेनले आगामी हप्ताहरूमा ३.२ अर्ब युरो बराबरको सहायताको पहिलो किस्ता प्राप्त गर्ने अपेक्षा गरेको मार्चेन्कोले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण