सुकुमबासी बस्ती भत्काएर सरकारले गलत गर्यो : गगन थापा
सारांश
- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले सुकुमबासी बस्ती भत्काएर गलत गरेको बताएका छन्।
- उनले सुकुमबासी बस्तीका घर टहरा हटाएर सरकारले आत्मसम्मानपूर्वक बाँच्न पाउने अधिकारमा ठेस पुर्याएको बताए।
- थापाले कांग्रेसका जनप्रतिनिधिलाई विधि र प्रक्रियाबिना सुकुमबासी बस्ती भत्काएमा कारबाही गर्ने चेतावनी दिएका छन्।
काठमाडौँ । नेपाली कांग्रेका सभापति गगन थापाले सरकारले काठमाडौँ लगायतका स्थानका सुकुमबासी बस्ती भत्काएर गलत गरेको बताएका छन्।
पार्टीको नीति तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजन गरेको ‘विस्थापनको व्याकुलताः सहरी सुकुमबासीको स्वास्थ्य र मनोसामाजिक सङ्घर्षको विश्लेषण’ शीर्षकको ग्रिन टेबल छलफल कार्यक्रममा सरकारले सुकुमबासी बस्तीका घर टहरा हटाएर मानिसको आत्मसम्मानपूर्वक बाच्न पाउने अधिकारमा ठेस पुर्याएको बताए ।
‘सुकुमबासीहरूको राति सुत्दा घर छ, बिहान उठ्दा घर हुँदैन त्यसलाई कसै गरी उपयुक्त भन्न सकिन्न,’ सभापति थापाले भने, ‘भत्काउनेले जाबो एउटा टहरो भत्काएको भन्नु उपयुक्त हुन्न । संविधानले नै भूमिहीन दलितलाई एक पटकलाई भूमि दिनुपर्छ भनेको छ ।’
उनले कांग्रेसका तर्फबाट जितेका स्थानीय तहका जनप्रतिनिधिलाई सुकुमबासीको व्यवस्थापनका नाममा विधि र प्रक्रियाबिना भत्काएमा कारबाही गर्ने चेतावनी दिएको बताए। उपयुक्त स्थानमा अर्को व्यवस्था गरेर मात्रै सुकुमबासी बस्तीलाई हटाउन निर्देशन दिएको उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण