अफगानिस्तानको जलालाबादमा ट्रक दुर्घटना, १८ जनाको मृत्यु
काबुल । पूर्वी अफगानिस्तानमा शनिबार एउटा ट्रक पल्टिएर दुर्घटना हुँदा ट्रकमा सवार १० जना बालबालिका सहित १८ जनाको मृत्यु भएको प्रान्तीय अधिकारीलाई उदृत गर्दै एएफपीले जनाएको छ ।
लगमान प्रान्तका गभर्नरका प्रवक्ता अब्दुल मलिक नियाजयका अनुसार ट्रकमा पाकिस्तानबाट फर्केका अफगान परिवारहरू सवार थिए । दश जना बालबालिका, पाँच जना महिला र तीन जना पुरुषसहित १८ जनाको मृत्यु भएको पुष्टि गर्दै थप, २९ जना घाइते भएको प्रवक्ताले बताएका छन् ।
पूर्वी अफगानिस्तानको जलालाबाद र राजधानी काबुल बीचको सडकमा ट्रक दुर्घटना भएको जानाइएको छ । पाकिस्तानका अधिकारीहरूले आफ्नो देशमा अफगान आप्रवासी र शरणार्थीहरूमाथि कडा नियम लागु गरेसँगै धेरै अफगानहरु आफ्नो सामान लिएर ट्रकमा स्वदेश फर्किने क्रम बढेको जनाइएको छ ।
संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त र आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनको तथ्याङ्क अनुसार यस वर्षको सुरु देखि चार लाख ४७ हजार ४०० अफगानीहरू पाकिस्तानबाट स्वदेश फर्केका छन् ।
यसअघि अगस्टमा, पश्चिमी अफगानिस्तानमा इरानबाट फर्केका अफगान आप्रवासीहरू बोकेको बस र अन्य दुई सवारी साधनहरू बिचको टक्करमा १९ बालबालिका सहित ७८ जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण