मलेसियासँग २ विकेटले स्तब्ध बन्यो नेपाल
सारांश
- एसियन गेम्स महिला टी-२० छनोटको दोस्रो सेमिफाइनलमा नेपाल मलेसियासँग २ विकेटले पराजित भएको छ ।
- मलेसियाले १ सय २७ रनको लक्ष्य ८ बल बाँकी छँदै ८ विकेटको क्षतिमा हासिल गर्यो ।
- यस जितसँगै मलेसिया एसियन गेम्स महिला टी-२० को फाइनलमा प्रवेश गरेको छ ।
क्वाललम्पुर । एसियन गेम्स महिला टी–२० छनोटको दोस्रो सेमिफाइनल खेलमा नेपाल मलेसियासँग २ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १ सय २७ रनको लक्ष्य मलेसियाले ८ बल बाँकी छँदै ८ विकेटको क्षतिमा पछ्यायो ।
मलेसियाका लागि एल्सा हन्टरले विस्फोटक ब्याटिङ गर्दै मात्र २४ बलमा ४८ रन जोडिन् । उनले १० चौका र १ छक्का प्रहार गरिन् । धनुश्री मुहुनानले २९ बलमा २१ रन जोडिन् । एइना हमिजा हासिमले १८ रन तथा माहिरा इजाती इस्माइलले १४ रन बनाइन् ।
नेपालका लागि रिया शर्माले ३ ओभरमा २० रन खर्चेर ३ विकेट हात पारिन् । मनिषा उपाध्याय र रुविना क्षेत्रीले २–२ विकेट लिइन् भने सीता रानामगरले १ विकेट लिइन् ।
यसअघि, वायुमास ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २६ रन बनाएको थियो । टोलीका लागि कप्तान इन्दु वर्माले नटआउट रहँदै ४१ बलमा सर्वाधिक ४६ रन बनाइन् । उनले यसक्रममा ५ चौका प्रहार गरिन् ।
त्यस्तै, कविता कुँवरले १५ बलमा ३३ रन जोडिन् । उनले ४ चौका र १ छक्का हिर्काइन् । रुवी पोद्दारले १७ रन तथा पूजा महतोले १५ रन बनाइन् । मलेसियाका लागि विनिफ्रेड दुरासिंघमले २ विकेट लिइन् भने ऐसा एलिसा र मारिहा इजाती इस्माइलले १–१ विकेट हात पारे ।
यसअघि, पहिलो खेलमा थाइल्याण्डले चीनलाई ८३ रनले हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको छ । अब नेपालले आइतबार चीनसँग तेस्रो स्थानका लागि खेल्नेछ ।
फाइनल पुग्ने दुई टोली र तेस्रो स्थानको प्लेअफ जित्ने एकगरी कुल तीन टोलीले जापानको आइची–नागोयामा हुने एसियाली खेलकुद २०२६ का लागि स्थान पक्का गर्नेछन्।
आयोजक जापान तथा आईसीसीका पूर्ण सदस्य राष्ट्रहरू बङ्गलादेश,भारत,पाकिस्तान र श्रीलङ्का यसअघि नै प्रतियोगिताका लागि स्वतः छनोट भइसकेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण