जोगिबाडामा ६ करोडको लागतमा पक्की पुल निर्माण हुँदै
सारांश
- जोगिबाडामा ६ करोड ३४ लाखको लागतमा पक्की पुल बन्ने भएको छ।
- पुल निर्माणले स्थानीयवासीलाई आवतजावतमा सहजता हुनेछ।
- यो पुल आगामी दुई वर्षमा निर्माण पूरा हुने लक्ष्य छ।
जुम्ला । हिमा गाउँपालिका–३ स्थित जोगिबाडामा रु ६ करोड ३४ लाख लागतमा पक्की पुल निर्माण हुने भएको छ ।
कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको उक्त बजेटमा हिमा नदीमाथि पक्की पुल निर्माण हुने पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रुपकबहादुर रावलले जानकारी दिए । मन्त्रालयको विनियोजित बजेट कार्यालयले बोलपत्र आह्वान गरेको थियो । रु ६ करोड ३४ लाखमा उक्त पक्की पुल मल्ल कन्ट्रक्सन दैलेखसँग निर्माण गर्न सम्झौता भएको पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रावलको भनाइ छ ।
हिमा नदीमाथि पक्की पुल निर्माण नहुँदा गाउँसम्म पुग्न सवारीसाधनदेखि यहाँका स्थानीयवासीलाई सास्ती हुने गरेको थियो । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले बहुवर्षीय बजेट सुनिश्चित भएपछि पुल निर्माणले गति लिएको कर्णाली प्रदेशसभा सदस्य टेकराज पछाईँले जानकारी दिए ।
उक्त पक्की पुल निर्माणपछि यहाँका बड्की, जोगिबाडा, च्यामा र मोफ्ला गाउँका स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुने भएका छन् । यहाँका विकट गाउँबस्तीका स्थानीयले उत्पादन गर्ने कृषि तथा पशुजन्य उत्पादन बजारसम्म ल्याउन र स्थानीय आवतजावत गर्न सुविधा पुग्ने हिमा–३ का वडाध्यक्ष धनवीर रोकायाले बताए ।
पुल ४० मिटर लामो रहेको छ । आगामी दुई वर्षमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ । नयाँ प्रविधिको पुल निर्माणका लागि शनिबार एक कार्यक्रमका बीच प्रदेशसभा सदस्य पछाईँले सो पुल शिलान्यास गर्नुभएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण