संसद् बैठक
समाजवाद र साम्यवादको भाषण गर्न मजा आउँछ : प्रधानमन्त्री
आइतबार, १७ जेठ २०८३, १३ : ५६
सारांश
- प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले समाजवाद र साम्यवादको भाषण गर्न मजा आए पनि व्यवहारमा कार्यान्वयन गर्न कठिन रहेको बताएका छन् ।
- उनले निर्यातमुखी उत्पादन र पैसा बढाउने कुरामा ध्यान केन्द्रित गरेको बताए ।
- शाहले आफू मेयर हुँदा विपन्न परिवारका लागि १० प्रतिशत निःशुल्क शिक्षाको व्यवस्थालाई वास्तविक समाजवादको उदाहरण बताए ।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले समाजवाद र साम्यवादको भाषण गर्न मजा आए पनि व्यवहारमा कार्यान्वयन गर्न कठिन रहेको बताएका छन् । विपक्षी दल नेकपाका सांसद प्रमेश हमालले विकासशील देशका रूपमा स्तरोन्नति गर्नेबारे सरकारको धारणा मागेपछि जवाफमा शाहले यस्तो बताएका हुन् ।
‘हामी निर्यातमुखी उत्पादन बढाउन र पैसा बढाउनेतिर ध्यान गएको छ’, प्रधानमन्त्री शाहले भने, ‘गरिब विपन्नको कुरामा साम्यवाद र समाजवाद भाषण दिन मजा हुन्छ । तर व्यवहारमा कठिन नै हुन्छ ।’
उनले आफू महानगरको मेयर हुँदा विपन्न परिवारकालाई १० प्रतिशत निःशुल्क शिक्षाको व्यवस्था गरेको भन्दै वास्तविक समाजवाद त्यही भएको बताए
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण