बालेन नेतृत्वको सरकार नागरिकको आवाज दबाउन तल्लीन छ : अध्यक्ष शर्मा
सारांश
- नेपाल पत्रकार महासङ्घकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार नागरिकको आवाज दबाउनमा केन्द्रित रहेको बताएकी छन् ।
- शर्माले मिडियामाथि वर्तमान सरकारले अङ्कुश लगाउने प्रयास जारी राखेको र सरकारी विज्ञापन निजी सञ्चार माध्यमलाई नदिने निर्णय अभिव्यक्ति स्वतन्त्रताका विरुद्ध रहेको बताइन् ।
- उनले कानुन संशोधनका नाममा राज्यले पत्रकारलाई दमन गर्ने र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने गतिविधिहरू अहिलेको सरकारले पनि गरिरहेको आरोप लगाइन् ।
सुर्खेत । नेपाल पत्रकार महासङ्घकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार नागरिकको आवाज दबाउनमा केन्द्रित रहेको बताएकी छन् । वीरेन्द्रनगरमा शनिबारदेखि जारी कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण अन्तर्गत आइतबार आयोजित ‘आवाज विहीनहरूका आवाज’ सत्रमा बोल्दै शर्माले मिडियामाथि वर्तमान सरकारले अङ्कुश लगाउने प्रयास जारी राखेको बताइन् ।
जसको उदाहरण सरकारले सरकारी विज्ञापन निजी सञ्चार माध्यमलाई नदिने गरी गरेको निर्णयलाई अभिव्यक्ति स्वतन्त्रताका विरुद्ध रहेको शर्माले बताइन् । सरकारका पछिल्ला गतिविधिको महासङ्घले विरोध गरिरहेको बताउँदै शर्माले नागरिकका आवाज दबाउने यात्राले लोकतन्त्र सुदढ हुन नसक्ने दाबी गरिन् ।
उनले भनिन्, ‘कतिपय अवस्थामा कानुन संशोधन गर्ने क्रममा राज्यले पत्रकारलाई दमन गर्ने र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने खालका गतिविधिहरू अघिल्ला सरकारसँगै अहिलेको सरकारले पनि गरिरहेको छ । त्यसको विरोधमा अहिले पनि हामी आन्दोलनमै छौँ ।’
नागरिकको आवाज दबाउने कदम महासङ्घका लागि कुनै पनि हालतमा मान्य नहुने पनि उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा पक्षीय नेतालाई चन्द्र भण्डारीले भने, ‘डेरा खोज्दै हिँड्ने होइन, सानेपामा आएर बहस गर्नुस्’
-
राति १० बजेदेखि नारायणगढ–मुग्लिङ–काठमाडौँ सडकखण्डमा सवारी आवागमन बन्द
-
यी पाँच प्रमुख पक्षले तय गर्नेछ विश्वकप २०२६ फाइनलको नतिजा
-
भारी वर्षाका कारण माइतघीर जलमग्न (तस्बिरहरु)
-
वीपी स्मृति दिवस मनाउन प्रकाशमान सिंहको संयोजकत्वमा समिति
-
महँगी र कालाबजारी नियन्त्रण गर्न देउवा समूहले गरायो सरकारको ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण