के पलको जोडी बन्न लागेकी हुन् मलिका ?
काठमाडौं । चन्द्र पन्तको निर्देशन रहने फिल्म ‘आ बाट आमा २’ मा अभिनेत्रीका रूपमा मलिका महत भित्रिएकी छन् ।
निर्माण टिमले उनलाई फिल्मको मुख्य भूमिकामा अनुबन्ध गरेको हो । मलिका यस फिल्ममा अनुबन्धभएसँगै तीन वटै हिरोइन फाइनल भएका छन् । यसअघि अभिनेत्रीका रुपमा रिश्ता गुरुङ, निकिता आचार्य अनुबद्ध भइसकेका छन् ।
आइतबार निर्देशक तथा निर्माता चन्द्र पन्तले महतलाई फिल्ममा राख्ने तय गरेका हुन् । फिल्ममा मलिका भित्रिएसँगै पलको जोडीका रूपमा चर्चा हुन थालेको छ, किनभने म्युजिक भिडियोमा यो जोडी हिट छ ।
फिल्ममा पल शाह, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित बिष्ट, नरेन खड्का अनुबन्धित भइसकेका छन् ।
यस फिल्मको कथा तथा पटकथा निर्देशक पन्त स्वयंमले लेखेका हुन् । केहि सातापछि नै फ्लोरमा जाने तयारीमा रहेको यो फिल्म आगामी दसैंमा अर्थात् असोज ३० गतेबाट प्रदर्शनमा आउने छ । यो फिल्मको घोषणा हुँदै गर्दा केही देशमा प्रदर्शन अधिकारसमेत बिक्री भइसकेको छ । अमेरिका र क्यानडामा यो फिल्म सोल्ट आउट भइसकेको निर्माण पक्षले जानकारी दिएको छ, त्यहाँ प्रदर्शनका लागि वितरक डोको फिल्म्सले महँगो रकममा खरिद गरेको छ ।
नेपालमा यस फिल्मको वितरण भने आरआर फिल्मस्ले गर्दैछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ । आर्या इन्टरटेन्टमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यस फिल्मको प्रोडक्सन म्यानेजर करणसिंह रसाइली रहेका छन् । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘आ बाट आमा’को यो सिक्वेल हो । उक्त फिल्मले अघिल्लो वर्ष झण्डै १४ करोडको बक्स अफिस कलेक्सन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
-
काठमाडौँमा वर्षा रोकिएपछि खुल्यो मौसम, तस्बिरहरू
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण