गायक किरण पुञ्जले सञ्चालनमा ल्याए रेकर्डिङ स्टुडियोसहितको म्युजिक स्कुल
काठमाडौँ । गायक तथा संगीतकर्मी किरण पुञ्जले काठमाडौँको मण्डिखाटारमा रेकर्डिङ स्टुडियोसहितको म्युजिक स्कुल सञ्चालनमा ल्याएका छन् । ‘भाव, सुर र सिर्जनाको नयाँ अध्याय’ स्लोगन राखिएको भाव संगीत विद्यालयको शुक्रबार संगीत गुरू प्रभुराज ढकालले उद्घाटन गरे ।
म्युजिक स्कुलले संगीत शिक्षा मात्र नभई विद्यार्थीहरूलाई रेकर्डिङको प्रक्रियाबारे समेत जानकारी गराउने उद्देश्यले सँगै अत्याधुनिक स्टुडियो पनि खोलेको छ । स्कुलमा गायन तथा वाद्यवादनका कक्षाहरू सञ्चालन गरिने सञ्चालन किरण पुञ्जले बताए ।
‘म्युजिक स्कुल स्थापना गर्नुको उद्देश्य सांगीतिक शिक्षा तथा प्रशिक्षण त छँदैछ । यससँगै एन्थेम्बलको कन्सेप्ट पनि हो,’ संगीत शिक्षक समेत रहेका सञ्चालक किरणले भने, ‘यसले एकअर्काको प्रयासलाई एप्रिएट गर्ने र सुझाव-सल्लाह दिने संस्कारको विकासमा पनि सघाउ पुर्याउने छ । म्युजिक स्कुलले सामूहिकताको भावना विकास गराउन योगदान पुर्याउने अपेक्षा छ ।‘

लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय किरण स्कुलमा संगीत अध्यापन समेत गर्छन् । उनका ‘निर्णय’, ‘प्राप्ति’, ‘हजारौँ रहरहरू’, ‘खुला आँखा र सपना’ लगायत गीत रुचाइएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण