प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति नारायणकाजी श्रेष्ठको आपत्ति, माफी माग्न माग
सारांश
- नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले प्रतिनिधिसभामा नेपाल-भारत सीमा विवादबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
- श्रेष्ठले प्रधानमन्त्रीको भनाइलाई 'शतप्रतिशत गलत, राष्ट्रघाती, गैरजिम्मेवार र घातक' भन्दै तत्काल माफी माग्न माग गरेका छन् ।
- उनले राष्ट्रिय हित र सीमा सुरक्षाका पक्षमा रहेका सम्पूर्ण देशभक्त शक्तिहरूलाई सचेत र सङ्गठित हुन आह्वान गरेका छन् ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले प्रतिनिधिसभाको बैठकमा नेपाल–भारत सीमा विवाद सम्बन्धी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै श्रेष्ठले प्रधानमन्त्रीको भनाइलाई “शतप्रतिशत गलत, राष्ट्रघाती, गैरजिम्मेवार र घातक” भएको बताए ।
प्रधानमन्त्री बालेन शाहले आज संसद्मा भारतले मात्रै नेपालकाे सीमा नमिचेर नेपालले पनि भारतकाे सीमा मिचेकाे बताएका थिए।
आफ्नै देशको प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ति आउनु राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानको पक्षमा दृढतापूर्वक उभिएका नेपाली जनताका लागि लज्जास्पद र आक्रोशजनक भएको उनको टिप्पणी छ ।
उनले सन् २००७ मा दुई देशको प्राविधिक समितिले कालापानी र सुस्ता बाहेकका अधिकांश सीमा क्षेत्रको स्ट्रिप म्याप तयार गरेको, सन् २०१४ मा गठन भएको संयुक्त कार्य समूहमा नेपालले सबै सीमा क्षेत्रको सहमतिपछि मात्र हस्ताक्षर गर्ने अडान लिएको तथा सन् २०१९ मा परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगले विवाद समाधानका लागि परराष्ट्र सचिवस्तरीय संयन्त्रमार्फत छलफल गर्ने निर्णय गरेको स्मरण गराए ।
श्रेष्ठका अनुसार नेपालले आफ्नो सम्पूर्ण भूभाग समेटिएको नयाँ नक्सालाई संविधानमा समावेश गरिसकेको छ र त्यसलाई कार्यान्वयन गर्न कूटनीतिक पहललाई निरन्तरता दिँदै आएको छ ।
यस्तो अवस्थामा प्रधानमन्त्री बालेन शाहले सीमा जस्तो संवेदनशील विषयलाई गलत ढङ्गले प्रस्तुत गरेको भन्दै श्रेष्ठले त्यसको विरोध र भर्त्सना गरेका छन् । उनले प्रधानमन्त्रीले तत्काल नेपाली जनता र संसद्सँग माफी माग्नुपर्ने, आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने तथा उक्त भनाइ संसद्को अभिलेखबाट हटाउनुपर्ने माग गरेका छन् ।
साथै उनले यो विषयलाई सामान्य रूपमा लिएर बेवास्ता गर्न नहुने भन्दै राष्ट्रिय हित र सीमा सुरक्षाका पक्षमा रहेका सम्पूर्ण देशभक्त शक्तिहरूलाई सचेत र सङ्गठित हुन आह्वान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण