आईपीएल इतिहासकै पहिलो सफलताः १५ वर्षीय वैभवले जिते ओरेन्ज क्यापसहित ३ ठुला अवार्ड
सारांश
- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा राजस्थान रोयल्सका १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशीले 'ओरेन्ज क्याप' जितेका छन् ।
- प्रतियोगिताभर सानदार ब्याटिङ गर्दै वैभवले १६ खेलमा ४८.५० को औसतले ७७६ रन बनाए, जसमा १ शतक र ५ अर्धशतक सामेल छन् ।
- वैभवले गुजरात टाइटन्सका कप्तान शुभमन गिललाई पछि पार्दै सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा शीर्ष स्थान हासिल गरेका छन् ।
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा राजस्थान रोयल्सका १५ वर्षीय ब्याटर वैभव सूर्यवंशीले इतिहास रचेका छन् । प्रतियोगिताभर सानदार प्रदर्शन गर्दै उनले यस सिजनको ‘मस्ट भ्यालुएबल प्लेयर’, ‘ओरेन्ज क्याप’ र ‘इमर्जिङ प्लेयर’ अवार्ड गरी तीनवटा मुख्य उपाधिहरू आफ्नो नाममा गरेका हुन् ।
वैभवले यस सिजनका १६ इनिङ्समा २३७.३० को विष्फोटक स्ट्राइक रेटमा कुल ७७६ रन बनाएका थिए । उनी आईपीएलको एउटै सिजनमा ‘मस्ट भ्यालुएबल प्लेयर’ र इमर्जिङ प्लेयर दुवै अवार्ड जित्ने पहिलो खेलाडी बनेका छन् । साथै, सन् २०११ मा क्रिस गेलपछि एउटै सिजनमा रन र स्ट्राइक रेट दुवै तालिकाको शीर्ष स्थानमा रहने उनी पहिलो खेलाडी हुन् । वैभवले यस सिजन ७२ छक्का प्रहार गर्दै एकै सिजनमा सर्वाधिक छक्का प्रहार गर्ने क्रिस गेलको कीर्तिमान (५९ छक्का) समेत तोडेका छन् ।

बलिङतर्फ गुजरात टाइटन्सका तीव्र गतिका बलर कागिसो राबाडाले ‘पर्पल क्याप’ जितेका छन् । उनले १७ खेलमा २९ विकेट लिए । राबाडाले पर्पल क्याप जितेको यो दोस्रो पटक हो । यसअघि उनले २०२० मा दिल्ली क्यापिटल्सबाट ३० विकेट लिँदै यो उपलब्धि हासिल गरेका थिए । रोयल च्यालेन्जर्स बेंगलुरुका भुवनेश्वर कुमार २८ विकेटका साथ दोस्रो स्थानमा रहे ।

ओरेन्ज क्यापको सूचीमा गुजरात टाइटन्सका कप्तान शुभमन गिल ७३२ रनका साथ दोस्रो र साई सुदर्शन ७२२ रनका साथ तेस्रो स्थानमा रहे । वैभवको उत्कृष्ट योगदानले राजस्थान रोयल्स प्लेअफसम्म पुगे पनि क्वालिफायर २ मा गुजरात टाइटन्ससँग पराजित भएको थियो ।
भारतीय क्रिकेटका महान् खेलाडी सचिन तेन्दुलकरले वैभवको खुलेर प्रशंसा गरेका छन् । उनले वैभवलाई ‘साँच्चै विशेष’ प्रतिभा भन्दै तारिफ गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण