तत्कालीन सदस्य सचिव थापासहित १४ जनाविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइ हुँदै
सारांश
- पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. मिलनकुमार थापासहित १४ जनाविरुद्धको भ्रष्टाचार मुद्दा विशेष अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
- यो मुद्दा पशुपतिमा शवदाह मेसिन खरिद प्रकरणमा भएको अनियमिततासँग सम्बन्धित छ ।
- आयोगको अभियोग पत्रअनुसार, प्रतिवादीहरूले शवदाह मेसिनको लागत अनुमानमा अनियमितता गरी १ करोड ८२ लाखको अग्रिम भुक्तानी दिएको आरोप छ ।
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा.मिलनकुमार थापासहित १४ जनाविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
सो मुद्दामा सदस्य सचिव डा.थापासहित तत्कालीन निमित्त सदस्य सचिव राजुकुमार खत्री,तत्कालीन कार्यकारी निर्देशक घनश्याम खतिवडा, हालका उपनिर्देशक रेवतीरमण अधिकारी, तत्कालीन निमित्त उपनिर्देशक सिताराम रिसेल, इन्जिनियरहरू पशुपति ठाकुर, डेनिस उप्रेती, रमेश पुरीलगायतलाई प्रतिवादी बनाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ असार ८ गते पशुपतिको शव दाह मेसिन खरिद प्रकरणमा सदस्यसचिव थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो । प्रतिवादीहरू विरुद्ध भारतीय रुपैयाँ ३२ लाख ५० हजार पर्ने शव दाह मेसिनलाई नेपाली रुपैयाँ १ करोड ५२ लाख पर्ने देखाई एवं प्रचलित कानुनले दिएको छुटसमेत लागत अनुमानमा जोडेर अस्वाभाविक रूपले बढी लागत अनुमान तयार गरेको अभियोग छ ।
खरिदमा आवश्यक प्राविधिक दस्ताबेज, प्रतिस्पर्धात्मक बोलपत्र र स्थलगत निरीक्षण नै नगरेको अभियोग पत्रमा उल्लेख छ । ठेक्का सम्झौतामा उल्लेखित काम सम्पन्न नगरीकनै १ करोड ८२ लाखको अग्रिम भुक्तानी समेत गरिएको देखिएको छ आयोगको अभियोग पत्रमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण