झापामा कुटपिट गरी हत्या, तनहुँका रामबहादुर गौतम पक्राउ
सारांश
- झापाको मेचीनगरमा रुद्र श्रेष्ठको हत्या अभियोगमा तनहुँका राम बहादुर गौतम पक्राउ परेका छन्।
- आइतबार राति आपसी वादविवादपछि गौतमले श्रेष्ठलाई कुटपिट गर्दा गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको थियो।
- प्रहरीले पक्राउ परेका गौतममाथि हत्या अभियोगमा कानुनी कारबाही अगाडि बढाएको छ।
झापा। मेचीनगर नगरपालिका-१५ निलकोठी बस्ने ५५ वर्षीय रुद्र श्रेष्ठको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही स्थानमा सञ्चालित माँ पाथीभारा प्लाई फ्याक्ट्रीमा काम गरी बस्ने तनहुँ घर भएका ३५ वर्षीय राम बहादुर गौतम रहेका छन्।
प्रहरीका अनुसार आइतबार राति आपसी वादविवाद हुँदा राम बहादुरले रुद्र श्रेष्ठमाथि कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएका श्रेष्ठलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा सोमबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
कुटपिटबाट घाइते भएका श्रेष्ठको मृत्यु भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरी टोलीले आरोपी गौतमलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका गौतममाथि हत्या अभियोगमा कानुनी कारबाही अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय र मातहतको टोलीले आवश्यक अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण