आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

धवलशमशेरले पार्टी छाडेपछि राजेन्द्र लिङ्देनले बोलाए अनौपचारिक बैठक

सोमबार, १८ जेठ २०८३, १५ : १०
सोमबार, १८ जेठ २०८३

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाले पार्टी परित्याग गरेपछि अध्यक्ष राजेन्द्र लिङ्देनले पदाधिकारीको अनौपचारिक बैठक बोलाएका छन् ।
  • राणाले पार्टी कार्यालय धुम्बाराहीमा सोमबार अपराह्न बैठक बोलाएको र यसमा पार्टी परित्यागपछि उत्पन्न परिस्थितिका विषयमा छलफल हुनेछ ।
  • राणाले आइतबार विज्ञप्ति जारी गर्दै समयको पदचाप र जनभावना अनुरूप अघि बढ्न पार्टी परित्याग गरेको बताएका थिए ।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का महामन्त्री धवलशमशेर राणाले पार्टी परित्याग गरेपछि  अध्यक्ष राजेन्द्र लिङ्देनले पदाधिकारीको अनौपचारिक बैठक बोलाएका छन् । 

उनले पार्टी कार्यालय धुम्बाराहीमा सोमबार अपराह्न बैठक बोलाएको एक नेताले बताए । बैठकमा राणाले पार्टी परित्याग गरेपछि उत्पन्न परिस्थितिका विषयमा छलफल हुने ती नेताको भनाइ छ । 

आइतबार एक विज्ञप्ति जारी गर्दै राणाले  समयको पदचाप र जनभावना अनुरूप अघि बढ्न आफूले राप्रपा परित्याग गरेको बताएका थिए । 

‘शुभेच्छुक, सहयोद्धा तथा सहयात्रीहरूको राय सल्लाह बमोजिम देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने सदिच्छा लिएर आगामी बाटो तय गर्ने निश्चय गरेको छु’, राणाले विज्ञप्तिमा भनेका छन्, ‘समयको पदचाप र जनभावना अनुरूप अघि बढ्न देश विदेशमा रहनु हुने नेपालीहरूको सुझाव र शुभेच्छाहरू प्राप्त भएको छ । देशलाई माया गर्ने, देशको समृद्धि चाहने आम राष्ट्रवादी मित्रहरू लगायत नवयुवा पुस्तालाई समेत यही नयाँ अभियानमा सहभागी हुन हार्दिक आह्वान गर्दछु।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप