अस्ट्रेलियामा न्यूनतम तलब ४ दशमलव ७५ प्रतिशतले बढ्यो
सारांश
- अस्ट्रेलियाको स्वतन्त्र तलब निर्धारण निकायले करिब २८ लाख न्यून आय भएका कामदारहरूको न्यूनतम तलब आगामी जुलाईदेखि ४.७५ प्रतिशतले बढाउने घोषणा गरेको छ ।
- यस वृद्धिसँगै न्यूनतम साप्ताहिक तलब १,४०९.९० अस्ट्रेलियन डलर र प्रतिघण्टा ज्याला २६.४४ अस्ट्रेलियन डलर पुग्नेछ ।
- अर्थशास्त्रीहरूले यो निर्णयले मुद्रास्फीतिमा थप दबाब सिर्जना गर्न सक्ने चेतावनी दिएका छन् ।
सिड्नी । अस्ट्रेलियाको स्वतन्त्र तलब निर्धारण निकायले देशका करिब २८ लाख न्यून आय भएका कामदारहरूको न्यूनतम तलब आगामी जुलाईदेखि ४ दशमलव ७५ प्रतिशतले बढाउने घोषणा गरेको छ ।
केही अर्थशास्त्रीहरूले यस निर्णयले मुद्रास्फीतिमा थप दबाब सिर्जना गर्न सक्ने चेतावनी दिएका छन् । फेयर वर्क कमिसनका अनुसार जुलाई १ देखि न्यूनतम साप्ताहिक तलब १ हजार ४ डलर ९० अस्ट्रेलियन डलर (झन्डै ७१९ अमेरिकी डलर) पुग्नेछ ।
यसअनुसार प्रतिघण्टा न्यूनतम ज्याला २६ डलर ४४ अस्ट्रेलियन डलर हुनेछ । यो वृद्धि गत वर्षको भन्दा बढी हो २०२५ मा न्यूनतम तलब ३ दशमलव ५ प्रतिशतले बढेको थियो ।
तर ट्रेड युनियनहरूले माग गरेको समीक्षा अवधिमा ५ प्रतिशतदेखि ६ प्रतिशतका बीचमा तलब बढाउन माग गरेका थिए ।अस्ट्रेलियाली केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ अष्ट्रेलिया’ (आरबीए)को कडा मौद्रिक नीतिले आगामी वर्ष आर्थिक वृद्धि सुस्त बनाउने आयोगले भनेको छ ।
साथै अमेरिका–इरान तथा पश्च्मि एशियाको द्वन्द्वका कारण तेल आपूर्तिमा अवरोध हुँदा मुद्रास्फीति पुनः बढेको पनि उल्लेख गरेको छ । हालको अनिश्चित परिस्थितिमा वास्तविक तलब वृद्धि दिन सम्भव नभएको बताए पनि कम्तीमा कर्मचारीहरूको क्रयशक्ति सन २०२५ जुलाईको स्तरभन्दा तल नझरोस् भन्ने उद्देश्यले तलब बढाइएको आयोगले जनाएको छ ।
न्यूनतम तलब वृद्धिले व्यवसायहरूको लागत थप बढाउने र त्यसले मुद्रास्फीतिलाई माथि धकेल्न सक्ने लगानी बैंकिङ कम्पनी सिटीग्रुपका विश्लेषकहरूले बताएका छन् । अगस्टमा आरबीएले ब्याजदर चौथोपटक बढाएर ४ दशमलव ६ प्रतिशत पुर्याउन सक्ने उनीहरूको अनुमान छ । वित्तीय सेवा प्रदायक कम्पनी वेष्टप्याकले पनि तलब वृद्धि अपेक्षाभन्दा ठुलो रहेको भन्दै मुद्रास्फीति अपेक्षाकृत लामो समयसम्म उच्च रहन सक्ने चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण