पूर्वगृहमन्त्री गुरुङमाथिको छानबिन समितिका अध्यक्ष भन्छन्, 'थपिएको ५ दिनमा प्रतिवेदन बुझाउँछौँ'
सारांश
- पूर्व गृहमन्त्री सुधन गुरुङबारे छानबिन गर्न गठित समितिको म्याद मन्त्रिपरिषद्ले ५ दिन थप गरेको छ ।
- प्रतिवेदन लेखनको काम पूरा नभएको भन्दै समितिले जेठ १८ मा थप समय मागेको थियो ।
- समितिले व्यवसायी दीपक भट्टको माइक्रो इन्स्योरेन्सको सेयर किनेको विषयमा छानबिन गरेको हो ।
काठमाडौँ । पूर्व गृहमन्त्री सुधन गुरुङबारे छानबिन गर्न गठित समितिको म्याद ५ दिन थप गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्ले समितिलाई प्रतिवेदन बुझाउन थप ५ दिनको समय थप गरेको हो ।
प्रतिवेदन लेखनको काम पूरा नभएको भन्दै समितिले जेठ १८ मा थप समय मागेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएको थियो ।
मन्त्रिपरिषद्ले उपलब्ध गराएको थप समयमा प्रतिवेदन बुझाउने समितिका अध्यक्ष पूर्व न्यायाधीश अच्युतप्रसाद भण्डारीले रातोपाटीलाई बताए । उनले भने, ‘प्रतिवेदन लेखन कार्य हुँदै छ, हामी थपिएको समयमा प्रतिवेदन बुझाउँछौँ ।’
सरकारले वैशाख २८ मा भण्डारीको नेतृत्वमा गठन गरेको छानबिन समितिमा महालेखा नियन्त्रक शोभकान्त पौडेल र महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य छन् ।
छानबिन पूरा भैसकेको समितिका सदस्य अच्युतमणि नेउपानेले जानकारी दिए । उनले भने, ‘प्रतिवेदन लेखन कार्य मात्रै बाकी छ ।’
समितिले सुधन गुरुङसँग बयान लिइसकेको छ । व्यवसायी दीपक भट्टको लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर किनेको विषयमा समितिले छानबिन गरेको हो । त्यसबारे समितिले प्रमाण संकलन गरेर छानबिन गरेको छ । रकमको श्रोतबारे प्रश्न उठेपछि गुरुङले राजीनामा दिँदै सापटी लिएर सेयर किनेको दाबी गरेका छन् । भट्टको कम्पनीमा उनले ५० लाख मूल्य बराबरको सेयर किनेको भेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण