सतर्कताको छड्के अनुगमन तीव्र
काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले मुलुकको सार्वजनिक प्रशासनलाई चुस्तदुरुस्त, प्रभावकारी र जवाफदेही बनाउने उद्देश्यले अनुगमन टोलीलाई थप सक्रिय बनाएको छ ।
सार्वजनिक संस्थाहरूमा हुने अनियमितता र भ्रष्टाचारजन्य कार्यको रोकथामका लागि आवश्यक छानबिन, अनुगमन, निगरानी, छड्के जाँच र अन्वेषण गर्ने जिम्मेवारी पूरा गर्ने क्रममा कन्द्रले आफ्नो अनुगमन टोलीलाई थप सक्रिय बनाएको हो ।
केन्द्रका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टले वर्तमान सरकार गठन भएसँगै जारी भएको १०० बुँदे कार्यक्रममा उल्लेख भएबमोजिम मुलुकमा सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण तथा सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्ने क्रममा पछिल्ला दिनमा अनुगमनको कामलाई प्राथमिकता दिएको स्पष्ट गरे ।
देशभरका सरकारी तथा अर्धसरकारी निकायसहित शैक्षिक प्रतिष्ठानहरूमा समेत अनुगमन गर्ने जिम्मेवारी रहेको सतर्कतासम्बद्ध टोलीले जेठ महिनामा दैनिक कम्तीमा १५ देखि २० वटा कार्यालय गई सङ्कलन गरेको विवरणका आधारमा नियम उल्लङ्घन गर्ने कर्मचारीलाई कारबाहीका लागि सम्बन्धित निकायलाई पत्राचार गर्ने गरेको प्रवक्ता भट्टले जानकारी दिए ।
अनुगमन टोलीलाई तोकिएको सार्वजनिक निकायमा पुगी त्यहाँ कार्यरत कर्मचारीको हाजिरी उपस्थितिसहित अनुशासन र उपयुक्त पोशाकसहित आफ्नो कार्यकक्षमा बसे, नबसेकोलगायतका विवरण सङ्कलन गरी प्राप्त कैफियतका आधारमा सच्चिनका लागि व्यवस्थापन पक्षलाई रायसुझाव दिने र सङ्कलित विवरण केन्द्रमा पेस गर्नुपर्ने जिम्मेवारी प्रदान गरिएको केन्द्रले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण