मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीको अभिव्यक्ति र भारतको प्रतिक्रियामा भीम रावलको आपत्ति : ‘नेपालले भारतको जग्गा मिचेको’ भन्नु राष्ट्रहित विरोधी

मङ्गलबार, १९ जेठ २०८३, १८ : ३१
मङ्गलबार, १९ जेठ २०८३

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता डा. भीम रावलले प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्ति र त्यसप्रति भारतले जनाएको प्रतिक्रियालाई लिएर गम्भीर प्रश्न उठाएका छन्।

प्रधानमन्त्री शाहले नेपालको अतिक्रमित भूमिको विषयमा बेलायत सरकारलाई वार्तामा संलग्न गराउने भनी प्रतिनिधि सभामा दिएको अभिव्यक्ति र भारतको विदेश मन्त्रालयको जवाफका सन्दर्भमा नेता रावलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

नेता रावलले प्रतिनिधि सभामा झन्डै दुई तिहाइ बहुमतको सरकारका प्रधानमन्त्रीले 'नेपालले भारतको धेरै जग्गा मिचेको' भनी दिएको अभिव्यक्तिलाई ‘झुटा’ र ‘राष्ट्रहित विरोधी’ संज्ञा दिएका छन्। उनले यस्तो गम्भीर विषयमा प्रधानमन्त्रीले नेपाली जनतालाई स्पष्ट पार्नुपर्ने माग गरेका छन्।

प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा विवादमा बेलायतलाई सहभागी गराउने बताएपछि भारतीय विदेश मन्त्रालयका प्रवक्ताले औपचारिक रूपमा प्रतिक्रिया दिँदै 'नेपाल र भारतबिचको द्विपक्षीय विषयमा कुनै तेस्रो पक्षको भूमिका स्वीकार्य नहुने' स्पष्ट पारेका थिए। यसलाई उल्लेख गर्दै रावलले प्रधानमन्त्रीको कूटनीतिक अपरिपक्वतामाथि प्रश्न उठाएका छन्।

 

g

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप