दिल्लीमा रवि लामिछानेको दौडधुप, भारतीय उच्च नेतृत्वसँग संवाद
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा पाँच दिने भारत भ्रमणमा छन्।
- भ्रमणका क्रममा लामिछानेले भाजपाका अध्यक्ष नड्डा, विदेशमन्त्री एस जयशंकर र गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरी नेपाल-भारत सम्बन्ध, साझा हित र सहकार्यका विषयमा छलफल गरेका छन्।
- यस भ्रमणले नेपाल-भारत सम्बन्धलाई थप मजबुत बनाउनुका साथै दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्य विस्तारमा सकारात्मक योगदान पुग्ने रास्वपाले अपेक्षा गरेको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणमा छन् । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी सोमबार (जेठ १८) पाँच दिने भ्रमणका लागि भारत प्रस्थान गरेका हुन् ।
दिल्ली पुगे लगत्तै लामिछानेले भारतीय उच्च नेतृत्वसँग संवाद गरिरहेका छन्।
नयाँ दिल्ली पुगेपछि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले भाजपाको केन्द्रीय कार्यालयमा अध्यक्ष नवीनसँग भेटवार्ता गरेको छ । भेट ‘भाजपालाई चिन्नुहोस्’ अभियानअन्तर्गत आयोजना गरिएको छ । यस क्रममा प्रतिनिधिमण्डलले भाजपाको मुख्यालयको अवलोकनसमेत गरेको थियो ।
भेटका क्रममा अध्यक्ष नवीनले नेपाल–भारतबिचको ऐतिहासिक सम्बन्ध, साझा सांस्कृतिक विरासत तथा जनस्तरको घनिष्ठ सम्बन्धबारे चर्चा गर्दै यस्ता अन्तर्क्रियाले दुई देशका राजनीतिक दलहरूबिचको लोकतान्त्रिक संवादलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे ।
उनले भाजपाको राजनीतिक यात्रा, वैचारिक आधार, सङ्गठनात्मक संरचना तथा जनतामुखी राजनीतिक अभ्यासबारे जानकारी दिँदै राष्ट्रिय तहदेखि बुथ तहसम्मको सङ्गठन विस्तारमा कार्यकर्ताको भूमिकालाई महत्त्वपूर्ण बताए ।
रास्वपाको प्रतिनिधिमण्डलले सदस्यता वितरण प्रणाली, उम्मेदवार छनोट प्रक्रिया तथा तल्लो तहका कार्यकर्तासँग पार्टीले कायम गर्ने सम्बन्धबारे चासो राखेको थियो। त्यसको जवाफमा नवीनले निरन्तर जनसम्पर्क, बुथस्तरीय सक्रियता र नागरिकको प्रत्यक्ष सहभागिताले भाजपाको सङ्गठनात्मक शक्ति निर्माण भएको बताए ।
उनले नरेन्द्र मोदी नेतृत्वको सरकारले विकास, सेवा, सुशासन र जनकल्याणलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरे। भेटमा राजनीतिमा जेनजी पुस्ताको बढ्दो सहभागिता, लोकतान्त्रिक बहस तथा भावी नेतृत्व निर्माणमा युवाको भूमिकाबारे समेत छलफल भएको बताइएको छ।
भारत भ्रमणका क्रममा लामिछानेले भारतका विदेशमन्त्री एस जयशंकर सँग पनि भेटवार्ता गरेका छन्। भेटपछि जयशंकरले सामाजिक सञ्जाल एक्समार्फत नेपाल–भारत विकास साझेदारी र जनस्तरको सम्बन्धबारे सकारात्मक छलफल भएको बताए ।
त्यसैगरी मंगलबार साँझ नै लामिछाने नेतृत्वको टोलीले भारतीय गृहमन्त्री अमित साहसँग पनि भेटवार्ता गरेको छ । उक्त भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यका विषयमा विचार विमर्श भएको बताइएकाे छ।
सभापति लामिछानेले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
रास्वपाले उक्त भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउनुका साथै दुई देशका राजनीतिक दलहरूबिचको संवाद र सहकार्य विस्तार गर्न सकारात्मक योगदान पुग्ने अपेक्षा गरेको छ।
भारत भ्रमणमा सभापति लामिछानेसँगै रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरा, रवि पत्नी निकिता पौडेल लगायत सहभागी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण