दोस्रो एक दिवसीयमा अस्ट्रेलियाको सानदार जित, पाकिस्तान ४१ रनले पराजित
सारांश
- अस्ट्रेलियाले दोस्रो एक दिवसीय खेलमा पाकिस्तानलाई ४१ रनले पराजित गरेको छ ।
- पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ९ विकेट गुमाउँदै २३१ रनको योगफल तयार पारेको थियो ।
- २३२ रनको लक्ष्य पछ्याएको घरेलु टोली पाकिस्तान ४४ ओभरमा १९० रनमै समेटियो ।
काठमाडौँ । तीव्र गतिका बलर नेथान एलिसको उत्कृष्ट बलिङ र ब्याटरहरूको संयमित प्रदर्शनको मद्दतले अस्ट्रेलियाले दोस्रो एक दिवसीय खेलमा पाकिस्तानलाई ४१ रनले पराजित गरेको छ । यस जितसँगै तीन खेलको शृङ्खला १–१ को बराबरीमा पुगेको छ ।
मंगलबार लाहोरमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३१ रनको योगफल तयार पारेको थियो । अस्ट्रेलियाका लागि क्यामरुन ग्रीनले ५३ र जोस इङ्लिसले ५१ रनको अर्धशतकीय इनिङ्स खेले। त्यस्तै, म्याट रेन्शाले ४३ रनको महत्त्वपूर्ण योगदान दिए।
बलिङतर्फ पाकिस्तानका साहीन अफ्रिदीले ८ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए। अराफात मिन्हास र अबरार अहमदले समान २–२ विकेट हात पारे ।
२३२ रनको लक्ष्य पछ्याएको घरेलु टोली पाकिस्तान ४४ ओभरमा १९० रनमै समेटियो। पाकिस्तानका लागि उपकप्तान सदाब खानले १०४ बलमा ७१ रनको संघर्षपूर्ण इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। मोहम्मद गाजी घोरीले ३७ र अराफात मिन्हासले ३३ रन जोडे । अन्य ब्याटरहरूले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
पाकिस्तानलाई कम स्कोरमा रोक्न अस्ट्रेलियाका नेथान एलिसले घातक बलिङ गरे। उनले ९ ओभरमा मात्र ३३ रन खर्चेर ४ विकेट लिए। उनलाई साथ दिँदै म्याट शर्टले ३ विकेट तथा तनवीर साङ्घाले १ विकेट लिए।
खेलमा उत्कृष्ट बलिङ प्रदर्शन गरेका नेथान एलिस ‘प्लेयर अफ द म्याच’ घोषित भए। अब बुधबार हुने शृङ्खलाको निर्णायक खेलले विजेताको टुङ्गो लगाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण