एन्थ्रोपिकले सुरु गर्यो आईपीओको तयारी, मूल्याङ्कन १० खर्ब डलर नजिक पुग्ने अनुमान
सारांश
- अमेरिकी कृत्रिम बौद्धिकता (एआई) कम्पनी एन्थ्रोपिकले सोमबार प्राथमिक सेयर निष्कासन (आईपीओ)को तयारी सुरु गरेको छ ।
- यस कदमले कम्पनीलाई सेयर बजारमा प्रवेश गर्ने बाटो खोलिदिएको छ र यसको मूल्याङ्कन एक ट्रिलियन अमेरिकी डलरको हाराहारीमा पुग्न सक्ने अनुमान गरिएको छ ।
- एन्थ्रोपिकले अमेजन वेब सर्भिसेज (एडब्लुएस) सँग १०० अर्ब डलरभन्दा बढी मूल्यको पूर्वाधार प्रयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
क्यालिफोनिर्या । अमेरिकी कृत्रिम बौद्धिकता (एआई) कम्पनी एन्थ्रोपिकले सोमबार प्राथमिक सेयर निष्कासन (आईपीओ)को तयारी गरिरहेको छ । कम्पनी अमेरिकी सेयर नियामक सेकमा गोप्य रूपमा दर्ता प्रक्रिया सुरु गरेको घोषणा गरेको छ । यस कदमले कम्पनीलाई सेयर बजारमा प्रवेश गर्ने बाटो खोलिदिएको छ र यसको मूल्याङ्कन एक ट्रिलियन अमेरिकी डलरको हाराहारीमा पुग्न सक्ने अनुमान गरिएको छ ।
कम्पनीले हालसम्म कति सेयर बिक्री गर्ने वा मूल्य कति निर्धारण गर्ने भन्ने जानकारी सार्वजनिक गरेको छैन । तर दर्ता प्रक्रियाले कम्पनीलाई सार्वजनिक कम्पनी बन्ने दिशामा अगाडि बढाएको छ । एन्थ्रोपिक यस वर्ष अपेक्षित तीन प्रमुख एआई कम्पनीहरूको आईपीओमध्ये एक हो । ओपनएआई र स्पेसएक्सले पनि पनि आईपीओ ल्याउँदैछन् ।
एन्थ्रोपिकको मूल्याङ्कन यस वर्ष उल्लेखनीय रूपमा बढेको छ । फेब्रुअरीमा करिब ३८० अर्ब अमेरिकी डलर रहेको मूल्याङ्कन मे महिनासम्म आइपुग्दा ९६५ अर्ब अमेरिकी डलर पुगेको बताइएको छ ।
कम्पनीले विभिन्न प्रविधि साझेदारीमार्फत अर्बाैं डलरका सम्झौताहरू पनि गरेको छ । अप्रिलमा एन्थ्रोपिकले अमेजन वेब सर्भिसेज (एडब्लुएस) सँग १०० अर्ब डलरभन्दा बढी मूल्यको पूर्वाधार प्रयोग गर्ने प्रतिबद्धता जनाएको थियो । यो पूर्वाधार कम्पनीको लोकप्रिय एआई सहायक ‘क्लाउड’ सञ्चालन र प्रशिक्षणका लागि प्रयोग गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण