शेल कम्पनी खडा गरी कर्जा दुरुपयोग गरेको आरोपमा ओमप्रसाद पाण्डे पक्राउ
सारांश
- शेल कम्पनी खडा गरी प्रभु बैंकको कर्जा दुरुपयोग गरेको आरोपमा राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष ओमप्रसाद पाण्डे पक्राउ परेका छन् ।
- पाण्डेले महोत्तरीको बर्दिबास नगरपालिकामा 'इन्स्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एन्ड भेटेरिनरी साइन्सेज प्राइभेट लिमिटेड' नामक शेल कम्पनी खडा गरी बिना डीपीआर र अस्वाभाविक मूल्याङ्कनमा बैंकबाट कर्जा लिएका थिए ।
- उच्च अदालत पाटनको आदेशमा सीआईबीले पाण्डेलाई धनुषाबाट पक्राउ गरी बैंकिङ कसुरमा थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ । शेल कम्पनी र कृत्रिम व्यवसाय खडा गरी प्रभु बैंक लिमिटेडबाट लिइएको कर्जा दुरुपयोग गरेको कसुरमा राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष ओमप्रसाद पाण्डे पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई बुधवार धनुषाबाट पक्राउ गरेको हो । काठमाडौँ महानगरपालिका वडा नं। ९ रातोपुल बस्ने पाण्डे राम जानकी हेल्थ फाउन्डेसनको सञ्चालक समितिका अध्यक्ष हुन् । उनले महोत्तरीको बर्दिबास नगरपालिका वडा नं. ६ मा ‘इन्स्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एन्ड भेटेरिनरी साइन्सेज प्राइभेट लिमिटेड’ नामक शेल कम्पनी खडा गरेका थिए ।
सोही कम्पनीको एकल सञ्चालक समेत रहेका पाण्डेले विना विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा धितोको अस्वाभाविक रूपमा बढी मूल्याङ्कन गरी बैंकबाट कर्जा लिएको सीआईबीले जनाएको छ ।
प्रभु बैंक लिमिटेडबाट जुन प्रयोजनका लागि कर्जा लिइएको हो, सो कार्यमा नलगाई अन्यत्रै प्रयोग गरी पटक(पटक कर्जाको दुरुपयोग गरेको र बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुर गरेको ब्युरोको विज्ञप्तिमा उल्लेख छ ।
उच्च अदालत पाटन, ललितपुरबाट मिति २०८२ मङ्सिर २८ गते पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएर फरार रहेका पाण्डेलाई सीआईबीको टोलीले बुधवार धनुषाको छिरेश्वरनाथ नगरपालिका वडा नं. १ रमदैयास्थित जानकी मेडिकल कलेजको प्राङ्गणबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका पाण्डेमाथि बैंकिङ कसुर अन्तर्गत थप अनुसन्धान कार्य भइरहेको ब्युरोले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण