शीतल निवासबाट लुटिएको हात्तीको दाह्रासहित ५ जना पक्राउ
सारांश
- राष्ट्रपति कार्यालय शीतल निवासबाट गत भदौ २४ गते लुटिएको हात्तीको दाह्रासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
- प्रहरीले मनमैजु क्षेत्रबाट २५ वर्षीय राजीव महर्जन, २६ वर्षीय टेकप्रसाद गुरुङ र २७ वर्षीय आयुष महर्जनलाई नियन्त्रणमा लिएको थियो, जसको घरमा गाडेको अवस्थामा दुई वटा दाह्रा फेला परेको थियो ।
- थप अनुसन्धानमा पुरन बोहरा र सन्तबहादुर भुजेलबाट थप दुई वटा दाह्राका टुक्राहरू बरामद गरिएको छ ।
काठमाडौँ । राष्ट्रपति कार्यालय शीतल निवासबाट जेनजी आन्दोलनपछि गत भदौ २४ गते लुटिएको हात्तीको दाह्रासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले हात्तीको दाह्रासहित पाँच जना पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले हात्तीको दाह्रासहित पाँच जनालाई सार्वजनिक गरेको हो ।
मनमैजु क्षेत्रमा हात्तीको दाह्रा अवैध रूपमा ओसारपसार तथा बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले तारकेश्वर नगरपालिका वडा नं. ९ मनमैजुबाट २५ वर्षीय राजीव महर्जन, २६ वर्षीय टेकप्रसाद गुरुङ र २७ वर्षीय आयुष महर्जनलाई सुरुमा नियन्त्रणमा लिएको थियो ।
प्रहरीले केरकार गर्दा राजीव महर्जनको घरको पूर्वतर्फ रहेको खाली जग्गामा गाडेर राखेको अवस्थामा हात्तीको दुई वटा दाह्रा फेला परेको थियो । यसका साथै राजीवको कोठा खानतलासी गर्दा ट्रामडोल नामको लागुऔषध १५० क्याप्सुल समेत बरामद भयो ।
प्रारम्भिक अनुसन्धानका क्रममा अन्य दुई वटा हात्तीको दाह्राका टुक्राहरू टोखा नगरपालिका वडा नं. २ सपनतिर्थ बस्ने २४ वर्षीय पुरन बोहरासँग रहेको खुलेपछि प्रहरीले उनलाई सपनतिर्थबाट पक्राउ गरेको थियो । पुरन बोहरासँगको सोधपुछका क्रममा उनले ती दाह्राका टुक्राहरू मनमैजु बस्ने २० वर्षीय सन्तबहादुर भुजेललाई दिएको जानकारी गराएका थिए ।
सोही आधारमा खोजतलास गर्दा तारकेश्वर नगरपालिका वडा नं. १० मनमैजुस्थित सन्तबहादुरको कोठाबाट झोला भित्र प्लास्टिकको बोरामा बेरेर राखिएको अवस्थामा थप दुई वटा हात्तीको दाह्राका टुक्राहरू बरामद गरियो ।
अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीका अनुसार पक्राउ परेकामध्ये राजीव महर्जन, आयुष महर्जन र टेकप्रसाद गुरुङलाई लागुऔषध नियन्त्रण ऐन २०३३ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिमको कसुरमा अनुसन्धान अगाडि बढाइएको छ ।
त्यस्तै, पुरन बोहरा र सन्तबहादुर भुजेललाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गतको कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली र डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँ पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण