मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
समाज

‘घरमा भएको कुकुरसँग होइन, घरधनीसँग डर लागेको छ’

सरकार दलितको सपनाको हत्यारा कहिलेसम्म बनिरहने हो ?
बुधबार, २० जेठ २०८३, १९ : ३५
बुधबार, २० जेठ २०८३

सारांश

  • सरकार कोठा खाली छ ? भन्दै दीपा नेपाली विगत डेढ महिनादेखि माइतीघर मण्डलामा सत्याग्रहमा छिन् ।
  • उनले सहरमा भइरहेको अमानवीय व्यवहार र अत्याचारको विरोध गर्दै जातीय विभेदविरुद्ध स्पष्ट कानुन बनाएर कार्यान्वयन गर्न माग गरेकी छन् ।
  • उनको आन्दोलन दलित समुदायको मात्र नभई सम्पूर्ण नेपालीको अमानवीय अभ्यासविरुद्ध भएको र सरकारले उनको माग सुनुवाइ गर्न तत्परता नदेखाएको बताइन् ।

काठमाडौँ । ‘सरकार कोठा खाली छ ?’ भन्दै दीपा नेपाली सत्याग्रहमा छिन् । विगत डेढ महिनादेखि काठमाडौँको माइतीघर मण्डलामा बसेर उनी सहरमा भइरहेको अमानवीय व्यवहार र अत्याचारको विरोध गरिरहेकी छन् ।  

रातोपाटीमा अन्तर्वार्ताका क्रममा सामाजिक अभियन्ता दीपाले यो आन्दोलन दलित समुदायको मात्र नभई सम्पूर्ण नेपालीको अमानवीय अभ्यासविरुद्ध भएको बताइन् । विडम्बना, सरकारले उनको आवाज सुनिरहेको छैन । डेढ महिना बितिसक्दा उनको माग सुनुवाइ गर्न सरकारले तत्परता देखाएको छैन । 

सहरलाई सभ्य र समतामूलक बनाउन उनी आन्दोलित भएकी हुन् । यो उनको व्यक्तिगत मुद्दा होइन, सामाजिक मुद्दा हो । कोठा खोजिरहनुपर्ने अवस्था राज्यले सिर्जना गरेको उनको ठहर छ। 

उनको माग स्पष्ट छ- जातीय विभेदविरुद्ध स्पष्ट कानुन बनाइयोस् र कार्यान्वयन होस् । 

विस्तृत भिडियोमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भुल
राजेश भुल
लेखकबाट थप