छोरीको घर उजाडेर ज्वाइँसँग महिलाले गरिन् ‘कोर्ट म्यारिज’ !
सोमबार, २५ जेठ २०८३, १० : ४०
सारांश
- छोरीको घर उजाडेर ज्वाइँसँग एक महिलाले 'कोर्ट म्यारिज' गरेको खबर भारतको उत्तर प्रदेश राज्यको कानपुर देहात जिल्लामा प्रकाशमा आएको छ ।
- दुवैले विवाहको प्रमाणपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आफूहरूको सम्बन्ध स्वीकार गर्न र आशिर्वाद दिन आग्रह गरेका छन् ।
- कानपुर नगर कोर्टमा गएर वैवाहिक सम्बन्ध दर्ता गराएको बताइए पनि यस विषयमा प्रहरीमा उजुरी भने परेको छैन ।
काठमाडौँ । छोरीको घर उजाडेर ज्वाइँसँग एक महिलाले ‘कोर्ट म्यारिज’ गरेको खबर प्रकाशमा आएको छ । भारतको उत्तर प्रदेश राज्यको कानपुर देहात जिल्लामा यस्तो घटना भएको हो ।
दुवैले विवाहको प्रमाणपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । अकबरपुर थाना क्षेत्र अन्तर्गत उक्त घटना प्रकाशमा आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
ज्वाइँ–सासुले विवाहको प्रमाणपत्रसहित संयुक्त तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेर आफूहरूको सम्बन्ध स्वीकार गर्न र आशिर्वाद दिन आग्रह गरेका छन् ।
उनीहरूले कानपुर नगर कोर्टमा गएर वैवाहिक सम्बन्ध दर्ता गराएको बताइएको छ । यद्यपि यसबारे प्रहरीमा उजुरी नपरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सासुसँग विवाह गरेको भनिएका पुरुषले पहिलो पत्नीसँग सम्बन्ध विच्छेद गरे कि गरेनन् भन्नेबारे खुलाइएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारामेडिक्सका नीतिगत अन्योल हटाउन सीएमए सङ्घको माग
-
इन्सपेक्टर गुरुङविरुद्ध भ्रष्टाचार मुद्दामा अनुसन्धान गर्न १० दिन म्याद थप
-
मापसे गरेर सवारी चलाएको अभियोगबाट बच्न आफ्नै मृत्युको नाटक
-
'रामायण'का मेकरहरूले बाँडेका हुन् सुनको शङ्ख ?
-
नेपाल भलिबल लिगको खेलाडी अक्सन, १२९ खेलाडीमाथि बोली लाग्दै
-
रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण