नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान भएको बताएका छन् ।
सोमबार नेपालको संविधान सम्मेलन नामक कार्यक्रमको समापन गर्दै प्रधानमन्त्री ओलीले बहुमतबाट निर्माण गरिएको संविधान विश्वकै उत्कृष्ट भएको बताएका हुन् ।
संविधान निर्माणसँगै संविधान कार्यान्वयनमा जोड दिँदै जनताको प्रत्यक्ष जीवन शैलीसँग जोडिएका हक अधिकारलाई सुनिश्चित गर्न नेपालको संविधान सफल भएको पनि बताए ।
संविधानमा फरक मत राख्दै आएका विभिन्न राजनीतिक दलका मागलाई समेत सम्बोधन गर्दै र आवश्यकताका आधारमा संविधानलाई संशोधन गरेर सर्वोपरि संविधान बनाउने सरकारको ध्येय रहेको प्रधानमन्त्री ओलीको तर्क थियो ।
नेपाली इतिहासमा निर्माण गरिएका ७ वटा संविधान मध्येको उत्कृष्ट संविधानले जनतालाई विभिन्न हक र अधिकार दिएर सभ्य समाज निर्माण गर्न समेत सफल भएको बताए ।
संविधानले दिएका अधिकारको सुनिश्चितताका लागि आवश्यक ऐन कानून निर्माण गरेर संविधानलाई कार्यान्वयन गर्न सरकार अग्रसर रहेको प्रधानमन्त्री ओलीको दावी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी विश्वकप लिग २ः नेपालसँग नेदरल्यान्डस ५ विकेटले पाराजित
-
सभामुख घिमिरे र राजदूत अब्देलघानीबीच भेटवार्ता
-
जनतालाई पार्टीमा जोड्न जनताका मुद्दालाई प्राथमिकता दिनुपर्छ : शङ्कर पोखरेल
-
भारतमा मार्च १ देखि जनगणना हुने
-
कलाकार गुरुङद्वारा कन्यादेवी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
-
संविधान संशोधनको प्रक्रिया सुरू गर्नुपर्यो : कोइराला