बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कर्णाली प्रदेश

रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु

सोमबार, ०१ असार २०८३, १२ : २५
सोमबार, ०१ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशको नेतृत्वको लागि निर्वाचन प्रक्रिया सुरु भएको छ।
  • सर्वसम्मतिको प्रयास असफल भएपछि वीरेन्द्रनगरको शुभ होटलमा आइतबारदेखि सुरु भएको अधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढेको हो।
  • सभापतिका लागि चार जनाको आकाङ्क्षा रहेको र सोमबार नै निर्वाचन सम्पन्न गर्ने कार्यतालिका छ।

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशको नेतृत्वको लागि निर्वाचन नै भएको छ । सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया सुरु भएको हो।

अधिवेशन आइतबारदेखि वीरेन्द्रनगरको शुभ होटलमा सुरु भएको छ । प्रतिनिधि छनोटको विवादका कारण आइतबार अन्य काम भएन ।

rsp karnali (2)

निर्वाचन कमिटीले मापदण्ड विपरीत ल्याइएका प्रतिनिधिबारे छलफल गरेको थियो । अहिले सहमति पश्चात् निर्वाचन प्रक्रिया सुरु भएको निर्वाचन समितिले जनाएको छ ।

rsp karnali (3)

अहिले उम्मेदवारी दर्ताको काम सुरु हुन लागेको छ । सभापतिका लागि चार जनाको आकाङ्क्षा रहेको बताइएको छ ।

निर्वाचन समितिले तयार गरेको कार्यतालिका अनुसार, सोमबार नै निर्वाचन सम्पन्न गर्ने भनिएको छ । ११ बजे नै उम्मेदवारी दर्ताको समय भएपनि हालसम्म उम्मेदवारी दर्ताको अन्तिम नामावली सार्वजनिक भएको छैन । 

rsp karnali (4)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप