संसदीय समितिमा चार सदस्यहरू हेरफेर
सोमबार, ०१ असार २०८३, १२ : २६
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका चार सांसदहरू चार संसदीय समितिमा हेरफेर भएका छन् ।
- राम लामा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिबाट पूर्वाधार समितिमा सरेका छन् ।
- मनिष झा उपभोक्ता समितिबाट सार्वजनिक लेखा समितिमा गएका छन् ।
काठमाडौँ । चारवटा संसदीय समितिमा चार सांसदहरू हेरफेर भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरूको हेरफेर गरिएको हो । यसलाई आजको प्रतिनिधिसभाले सहमति दिइएको छ ।
यसरी हेरफेर हुनेहरूमा राम लामा, बोधनारायण श्रेष्ठ, मनिष झा र बुद्धरत्न महर्जन रहेका छन् । लामा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिबाट पूर्वाधार समितिमा सरेका छन् ।
त्यस्तै, श्रेष्ठ पूर्वाधार समितिबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा गएका छन् ।
उता, मनिष झा उपभोक्ता समितिबाट सार्वजनिक लेखा समितिमा गएका छन् । अर्का सांसद बुद्धरत्न महर्जन भने सार्वजनिक लेखाबाट उपभोक्ता समितिमा पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६० अर्ब डलरमा एआई कोडिङ कम्पनी ‘कर्सर’ किन्दै एलन मस्क
-
यी हुन् रास्वपाका संस्थापक सदस्य, प्रथम महाधिवेशनमा देखिने छैनन् चर्चित अनुहार
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान
-
जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिएकोमा पूर्वउर्जामन्त्री घिसिङद्वारा धन्यवाद व्यक्त
-
लोक सेवा आयाेगका अध्यक्ष रेग्मी अनिवार्य अवकाशमा
-
डीपसिकसहित सयभन्दा बढी चिनियाँ कम्पनीलाई कालोसूचीमा राख्न अमेरिकाको ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण