सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’

सोमबार, ०१ असार २०८३, १३ : ४६
सोमबार, ०१ असार २०८३

सारांश

  • नेकपा सांसद युवराज दुलालले केही मन्त्रालयले अहिले पनि बजेट थपघट गरिरहेको बताएका छन् ।
  • उनले कार्यक्रम पुस्तिका प्रकाशन नगरी मन्त्रालयहरूले बजेट थपघट भएको गाइँगुइँ हल्ला आएको उल्लेख गरे ।
  • उनले डिजिटल प्रविधिमैत्री सरकारले बजेट आएको १८ दिनसम्म पनि किन बजेट पुस्तिका सार्वजनिक नगरिएको भन्दै प्रश्न गरे ।

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले केही मन्त्रालयले अहिले पनि बजेट थपघट गरिएको बताएका छन् । उनले कार्यक्रम पुस्तिका प्रकाशन नगरी मन्त्रालयहरूले बजेट थपघट भएको गाइँगुइँ हल्ला आएको उल्लेख गरे । 

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले डिजिटल प्रविधिमैत्री सरकारले बजेट आएको १८ दिनसम्म पनि किन बजेट पुस्तिका सार्वजनिक नगरिएको भन्दै प्रश्न गरे ।

‘मलाई लाग्थ्यो– प्रविधिमैत्री सरकारले बजेट आएको भोलिपल्टै कार्यक्रम पुस्तिकाको डिजिटल कपि प्रकाशन गर्छ भन्ने अपेक्षा गरेको थिएँ । तर, केही मन्त्रालयले अहिलेसम्म पनि सार्वजनिक गरेका छैनन् । आज छलफल हुने मन्त्रालयको पुस्तिका हिजोसम्म पनि पाइएन’ उनले भने– ‘भोलिका दिनमा उहाँहरूले पनि हिजो पनि हेरफेर हुन्थ्यो, मैले पनि गरेँ भन्ने त होइन ?’

अहिले १८ मन्त्रालयमध्ये केही मन्त्रालयको मात्रै वार्षिक कार्यक्रम पुस्तिका (रातो किताब) मा प्रकाशन भएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप