सुडानमा ड्रोन आक्रमण तीव्र, पाँच महिनामा एक हजार बढीको मुत्यु : संयुक्त राष्ट्रसङ्घ
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले सुडानमा युद्धका क्रममा ड्रोनको प्रयोग तीव्र रूपमा बढेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनका अनुसार सन् २०२६ को पहिलो पाँच महिनामा मात्र ड्रोन आक्रमणका कारण एक हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ ।
जेनेभास्थित संयुक्त राष्ट्र मानव अधिकार परिषद्लाई सोमबार सम्बोधन गर्दै टर्कले सुडानको द्वन्द्व झन् जटिल र घातक बन्दै गएको बताए । उनले भने, “सुडानमा द्वन्द्वको विस्तारसँगै ड्रोन युद्धको प्रयोगमा उल्लेखनीय वृद्धि भएको छ । जनवरीदेखि मे २०२६ सम्म हाम्रो कार्यालयले ड्रोन आक्रमणबाट मारिएका एक हजारभन्दा बढी नागरिकको विवरण अभिलेखीकरण गरेको छ ।”
सुडानमा नियमित सेना (साफ) र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच अप्रिल २०२३ देखि जारी युद्धमा ड्रोनको प्रयोग क्रमशः प्रमुख सैन्य रणनीतिको रूपमा विकसित हुँदै गएको छ ।
टर्कले देशभर बलात्कार तथा यौन हिंसाका घटना व्यापक रूपमा फैलिएको उल्लेख गर्दै नागरिकमाथि भइरहेका मानव अधिकार उल्लङ्घनप्रति गहिरो चिन्ता व्यक्त गरे ।
सुडानको द्वन्द्वले हालसम्म दशौँ हजार मानिसको ज्यान लिइसकेको छ भने एक करोड १० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । संयुक्त राष्ट्रसङ्घले यस अवस्थालाई विश्वकै सबैभन्दा ठूलो विस्थापन तथा भोकमरी सङ्कटमध्ये एकको रूपमा वर्णन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छानबिन समितिले क्लिन चिट दिएसँगै सशस्त्र प्रहरीको नियन्त्रणमा रहेका गाडी छुटे
-
बागमतीमा उद्योग पर्यटन र यातायात मन्त्रालयलाई ५ अर्ब ३७ करोड
-
कोशी प्रदेश बजेट : पूर्वाधार विकासमा १२ अर्ब ३८ करोड
-
शान्ति दूत ‘अलोका’ कुकुरसहित भियतनामी भिक्षुको टोली काठमाडौँ आइपुग्यो
-
कोशी प्रदेश बजेट : कानुन निर्माण, शान्ति सुरक्षा तथा विपद् व्यवस्थापनमा ९४ करोड
-
बागमतीको कानुन मन्त्रालयले पायो ७२ करोड बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण