फिफा विश्वकप फुटबल २०२६
छैटौँ विश्वकपमा मेसीको ऐतिहासिक गोल, अर्जेन्टिनाको अग्रता
बुधबार, ०३ असार २०८३, ०७ : ०८
सारांश
- विश्वकप २०२६ अन्तर्गत समूह 'जे' को खेलमा अर्जेन्टिनाले अल्जेरियाविरुद्ध १७औँ मिनेटमा कप्तान लियोनेल मेसीको गोलबाट अग्रता लिएको छ।
- खेलको सुरुआती चरणमा अल्जेरिया र मेसी दुवैका गोल अफसाइडका कारण VAR बाट खारेज भएका थिए।
- छैटौँ विश्वकप खेल्दै इतिहास रचेका मेसीले यस गोलमार्फत विश्वकपमा आफ्नो खाता खोलेका छन्।
काठमाडाैँ । विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा अर्जेन्टिनाले अल्जेरियाविरुद्ध अग्रता बनाएको छ। कान्सास सिटी स्टेडियममा जारी खेलको १७औँ मिनेटमा कप्तान लियोनेल मेसीले गोल गर्दै अर्जेन्टिनालाई १–० ले अगाडि बढाएका हुन्।
खेलको सुरुआती चरणमा दुवै टोलीका गोल अफसाइडका कारण खारेज भएका थिए। अल्जेरियाका फारेस चाइबी को गोल VAR ले रद्द गरेको थियो भने मेसीको सुरुआती गोल प्रयास पनि अफसाइड ठहरिएको थियो। तर दोस्रो प्रयासमा मेसी चुकेनन्।
छैटौँ विश्वकप खेल्दै इतिहास रचेका मेसीले प्रतियोगितामा आफ्नो खाता खोल्दै अर्जेन्टिनाका समर्थकलाई खुसी मनाउने अवसर दिएका छन्। विश्वकप इतिहासमा छ संस्करण खेल्ने पहिलो खेलाडी बनेका उनले कीर्तिमानी उपस्थितिलाई गोलमार्फत अझ विशेष बनाएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदीको सीप परीक्षण विवाद : वैदेशिक रोजगार क्षेत्रमा तरङ्ग, सरकार बेखबर
-
हौसिएर बजेट बनाएपछि समस्यामा पोखरा महानगर, ४५ करोड भुक्तानी रोकिने
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण