बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
संसद् बैठक

प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गर्दै संसदमा विपक्षीको विरोध कायमै

बुधबार, ०३ असार २०८३, ११ : ३४
बुधबार, ०३ असार २०८३

सारांश

  • विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध गरेका छन् ।
  • सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन र रेकर्डबाट हटाउन सभामुखबाट रुलिङको माग गरेका छन् ।
  • सांसदहरूले मन्त्रीहरूका गैरजिम्मेवार अभिव्यक्ति र दण्डहीनताले कानुन कार्यान्वयनमा सरकार चुकेको बताएका छन् ।

काठमाडौँ । विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा पनि उनीहरुले विगतमा जस्तै प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन र रेकर्डबाट हटाउन सभामुखबाट रुलिङको माग गरे ।

नेकपाका गोपाल शर्माले प्रधानमन्त्रीले नै गैरजिम्मेवार अभिव्यक्ति दिने गर्दा मन्त्रीहरूले समेत त्यस्ता अभिव्यक्तिहरूमा प्रतिस्पर्धा गर्न थालेको बताए । 

‘गैरजिम्मेवार अभिव्यक्ति दिने प्रतिस्पर्धा चलिरहेको छ । अर्थमन्त्री रोष्ट्रमबाट सांसदहरूलाई धम्की दिनुहुन्छ, अर्कोतिर मन्त्री नै खुट्टा भाच्ने कुरा गर्नुहुन्छ’, उनले भने, ‘आज दण्डहीनताले प्रश्रय पाइरहेको छ ।’

उनले मन्त्रीले कानुनको कार्यान्वयन गर्नुपर्छ कि पर्दैन भन्दै कहिले टेम्पो जङ्गलमा पाल्ने त कहिले काफल फाल्ने जस्ता काम कारबाही देखिएको भन्दै कानुन कार्यान्वयनमा सरकार नै चुकेको बताए । 

त्यस्तै, श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले सुकुम्वासी अव्यवस्थितहरूलाई राखिएका होल्डिङ सेन्टरमा खाना र पानीको अभावमा आन्दोलन भइरहेको भन्दै सरकारलाई बजेटमै व्यवस्थापन गरेर पुनर्वासको व्यवस्था गर्न माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप