बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीलाई सभामुखले अझै रुलिङ नगरेकोमा नेकपाको आपत्ति

बुधबार, ०३ असार २०८३, १२ : ०७
बुधबार, ०३ असार २०८३

सारांश

  • प्रमुख प्रतिपक्षी दल नेकपाका सांसद गोपाल शर्माले प्रधानमन्त्रीले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन सभामुखसँग माग गरेका छन् ।
  • सांसद शर्माले प्रधानमन्त्रीले गलत अभिव्यक्ति नसच्याएसम्म विरोध कायमै रहने अडान स्पष्ट पारे ।
  • उनले सरकारले संसदको हुर्मत लिइरहेको र संसदप्रति उत्तरदायी नभएको गुनासो गरे ।

काठमाडौँ । प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गोपाल शर्माले संसदमा प्रधानमन्त्रीले दिएको सीमा सम्बन्धी अभिव्यक्ति तत्काल सच्याउनका लागि रुलिङ गर्न सभामुख डोलप्रसाद अर्यालसँग माग गरेका छन् ।  

बुधवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले सीमा सम्बन्धमा दिएको  गलत अभिव्यक्ति अझै पनि नसच्चिएको र सभामुख अर्यालले पनि सच्याउनका लागि रुलिङ नगरेको प्रति आक्रोश व्यक्त गरे ।

उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति उनले आफैले संसदमा आएर नसच्याएसम्म आफूहरूको विरोध कायमै रहने अडान पनि स्पष्ट पारे । सांसद शर्माले संसदमा हुर्मत लिने काम सरकारले गरिरहेको जिकिर पनि गरे ।  

सांसद शर्माले सरकार संसदप्रति उत्तरदायी भएको गुनासो पनि गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप