संसद् बैठक
वैदेशिक रोजगार ऐन संशोधन गर्ने सरकारकाे तयारी
बुधबार, ०३ असार २०८३, १४ : १७
सारांश
- सरकारले वैदेशिक रोजगार ऐन संशोधन गर्ने तयारी गरेको छ ।
- मन्त्री रामजी यादवले विनियोजन विधेयकमाथिको छलफलका क्रममा वैदेशिक रोजगार ऐन समसामयिक बनाउन र समस्या समाधान गर्न संशोधनको तयारी भइरहेको बताए ।
- फ्री भिसा र फ्री टिकटको व्यवस्थाले श्रमिकहरू थप मारमा परेकाले यसलाई परिवर्तन गर्न कार्यदल गठन गरेर अध्ययन भइरहेको छ ।
काठमाडौँ । सरकारले वैदेशिक रोजगार ऐन संशोधन गर्ने तयारी गरेको छ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले यसबारे जानकारी गराएका हुन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले वैदेशिक रोजगार ऐनलाई समसामयिक बनाउन र यस क्षेत्रमा देखिएका समस्या समाधान गर्न संशोधनको तयारी भइरहेको बताए ।
उनले फ्री भिसा फ्री टिकटको व्यवस्थाले श्रमिकहरू थप मारमा परेकाले यसलाई परिवर्तन गर्न कार्यदल गठन गरेर अध्ययन भइरहेको जानकारी दिए । उनले अहिले ३० लाख भन्दा बढी नेपाली नागरिक श्रमिकका रूपमा विभिन्न देशमा रहेकाले वैदेशिक रोजगार क्षेत्रलाई वैज्ञानिक रूपमा नै व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशका ६० हजार घरपरिवार अझै विद्युत्को पहुँच बाहिर
-
नुहाउनेबित्तिकै पानी पिउन हुन्छ कि हुन्न ?
-
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
-
काठमाडौँ महानगरमा आगामी आर्थिक वर्षका लागि बहाल करको दर हेरफेर
-
राप्रपा केन्द्रीय समिति बैठक आजदेखि, एक समूहद्वारा बहिष्कारको तयारी
-
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण