बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
संसद् बैठक

श्रम संस्कृति पार्टीको अवरोधका कारण प्रतिनिधि सभा बैठक स्थगित

बुधबार, ०३ असार २०८३, १४ : ३१
बुधबार, ०३ असार २०८३

सारांश

  • श्रम संस्कृति पार्टीको विरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
  • मन्त्रीहरुले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै सो पार्टीका सांसद हर्क साम्पाङ लगायतले विरोधस्वरुप वेल घेराउ गरेका हुन् ।
  • सभामुखले सभा सञ्चालनका लागि पटक पटक आग्रह गरेपनि वेल घेराउ कार्यलाई निरन्तरता दिएसँगै सदन स्थगित भएको हो ।

काठमाडौँ । श्रम संस्कृति पार्टीको विरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बुधबार बसेको बैठकमा मन्त्रीहरूले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै सो पार्टीका सांसद हर्क साम्पाङ लगायतले विरोधस्वरुप वेल घेराउ गरेका हुन् ।

सभामुख डीपी अर्यालले सभा सञ्चालनका लागि पटक पटक आग्रह गरे पनि वेल घेराउ कार्यलाई निरन्तरता दिएसँगै सदन १५ मिनेट स्थगित भएको घोषणा गरे । यसअघि साम्पाङको वेल घेराउकै बिच सञ्चारमन्त्री विक्रम तिमल्सिनाले उठेका प्रश्नहरूमाथि जवाफ दिएका थिए ।

सुरुमा विनियोजन विधेयकमाथि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले दिएको जवाफ चित्तबुझ्दो नभएको र फेरि प्रश्न गर्न पाउनुपर्ने श्रम संस्कृति पार्टीको माग थियो । 

मन्त्री कुमारीले जवाफ दिएपछि श्रम संस्कृतिका अध्यक्ष  साम्पाङले प्रतिप्रश्न गरेका थिए । प्रतिप्रश्नको जवाफ चित्तबुझ्दो नभएको भन्दै फेरि प्रश्न गर्न पाउनुपर्ने भन्दै उनले उठेर विरोध जनाएका थिए । सभामुख

डोलप्रसाद अर्यालले प्रतिप्रश्नमाथि पुनः प्रतिप्रश्न गर्न नमिल्ने बताए पनि साम्पाङले भने प्रश्न गर्न पाउनुपर्ने अडान कायमै राखेका थिए । 

साम्पाङले विरोध जारी राख्दा सभामुखले प्रक्रियालाई अघि बढाएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराउ गरेका हुन् ।  वेल घेराउ गर्दा सभामुख अर्यालले संसद्को विधि, नियमावली नमिच्न चेतावनी दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप