पिताका लागि ‘जीवनदाता’ बने दुई छोरी
काठमाडौँ । पिताको जीवन सङ्कटमा परेको समयमा दुई छोरी ‘जीवनदाता’ बनेर परिवार र समाजमा नयाँ उदाहरण प्रस्तुत गरेका छन् । भारतको उत्तर प्रदेश राज्यको गाजियावादस्थित मोरटा गाउँ निवासी दिदी–बहिनीले पिताको ज्यान बचाउन आ–आफ्नो अङ्गदान गरेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार मोरटा गाउँ निवासी जयन्त त्यागी पेसाले व्यापारी हुन् । विगत करिब एक वर्षदेखि उनी अस्वस्थ रहँदै आएका थिए । तीन महिनाअघि उनको पेटमा समस्या थप बढ्न थाल्यो ।
अस्पतालमा परीक्षण गराउँदा चिकित्सकले जयन्तलाई उनको मिर्गौला र कलेजो दुवै काम नलाग्ने भएको र तत्काल ती अङ्ग प्रत्यारोपण गर्नुपर्ने सुझाव दिए ।
शरीरका दुई प्रमुख अङ्गले काम गर्न छाडेको र तत्काल प्रत्यारोपण गर्नुपर्ने चिकित्सकको भनाइबाट जयन्तको परिवार स्तब्ध भयो । तत्काल फरक–फरक अङ्गदान गर्ने दुई दाता खोज्न पनि सम्भव भएन । यस्तो अवस्थामा जयन्तका लागि उनकै दुई छोरी जीवनदाता बनेर उभिए ।
२२ वर्षीय जेठी छोरी रिषिका र १९ वर्षीय कान्छी छोरी खुशीले जयन्तलाई एक–एक अङ्गदान गर्ने निधो गरे। पिता जयन्तका लागि रिषिकाले एउटा मिर्गौला र खुशीले कलेजो दान गर्ने निर्णय लिए ।
जयन्तकी जेठी छोरी रिषिकाको विवाह हुने तय भइसकेको छ। पितालाई मिर्गौला दान गर्ने भएपछि केटा पक्षले विवाहका लागि आनाकानी गर्ने हो कि भन्ने चिन्ता पनि थियो । रिषिकाले यसबारे जानकारी गराउना साथ केटा पक्षको परिवारले खुसी प्रकट गर्दै हौसला बढाएको बताइएको छ।
चिकित्सकका अनुसार जयन्तको शरीरमा मिर्गौला र कलेजो प्रत्यारोपण भइसकेको छ। भारतीय सञ्चारमाध्यमले चिकित्सकलाई उद्धृत गर्दै जनाए अनुसार जयन्त र उनकी कान्छी छोरी खुशी आईसीयूमा चिकित्सकको निगरानीमा छन् । जेठी छोरी रिषिकाको स्वास्थ्य अवस्थामा सामान्य भइसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण