हिजाब नलगाईकन देशभक्तिको गीत गाउने गायिकालाई ७४ कोर्रा सजाय
सारांश
- इरानकी गायिका पारस्तु अहमदी र आठ सदस्यीय टोलीलाई हिजाब नलगाई देशभक्तिको गीत गाएको आरोपमा ७४ कोर्राको सजाय सुनाइएको छ ।
- कोम प्रान्तको आपराधिक अदालतले सन् २०२४ डिसेम्बरको लाइभ प्रदर्शनको मुद्दामा यो सजाय तोकेको हो ।
- सजायसँगै दुई वर्षसम्म देश बाहिर जान र कलात्मक गतिविधिमा संलग्न हुन नपाउने प्रतिबन्ध पनि लगाइएको छ ।
तेहरान । इरानकी चर्चित गायिका पारस्तु अहमदी र उनका आठ सदस्यीय प्रडक्शन टिमलाई ७४ कोर्राको सजाय सुनाइएको छ ।
समाचारअनुसार यो सजाय कोम प्रान्तको आपराधिक अदालतले सन २०२४ डिसेम्बरमा गरिएको एक लाइभ प्रदर्शनसँग सम्बन्धित मुद्दामा दिएको हो । सो लाइभ प्रस्तुतिमा अहमदीले हिजाब नलगाईकन देशभक्तिको गीत गाएकी थिइन् ।
उक्त लाइभ प्रस्तुति युट्युबमा सार्वजनिक भएपछि लाखौँ पटक हेरिएको थियो । रिपोर्टअनुसार सो घटनापछि अधिकारीहरूले उनलाई र टोलीलाई पक्राउ गरी अनुसन्धान गरेका थिए ।
पछि उनीहरूलाई अस्थायी रूपमा रिहा गरिएको थियो । ७४ कोर्रा सजायसँगै अदालतले उनी र उनका टोलीलाई दुई वर्षसम्म देश बाहिर जान नपाउने तथा कुनै पनि कलात्मक गतिविधिमा संलग्न हुन नपाउने प्रतिबन्ध पनि लगाएको छ ।
मानवअधिकार कानुनविद्हरूका अनुसार इरानी कानुनमा महिलाले गीत गाउनु अपराध नमानिने भए पनि यस्तो मुद्दालाई अनैतिक सामग्री उत्पादन वा प्रसारको आरोपमा प्रयोग गरिएको हुन सक्ने बताइएको छ ।
मानवअधिकार समूहहरूले यो निर्णयलाई सांस्कृतिक अभिव्यक्तिमाथि कडा दमनको उदाहरणका रूपमा टिप्पणी गरेका छन् ।
ह्युमन राइट्स वाच र अन्य संस्थाहरूले इरानमा कलाकार र महिला अधिकारकर्मीमाथि यस्ता सजायहरू बढ्दै गएको उल्लेख गरेका छन् । यसअघि पनि इरानले गायिका मेहदी याराहीलाई ७४ कोर्रा सजाय दिएको थियो ।
सो सजायलाई पनि हिजाब र सांस्कृतिक विरोधसँग सम्बन्धित गीतसँग जोडिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको वार्तामा अन्योल उत्पन्न भएपछि राष्ट्रपति ट्रम्प क्याम्प डेभिड प्रस्थान गर्दै
-
म्याग्दीमा रासायनिक मलको अभाव
-
‘राष्ट्रिय दोहोरी गीत प्रतियोगिता २०८३’को उपाधि प्रितम र सपनालाई
-
अमेरिका र अस्ट्रेलिया भिड्दै, यस्तो छ अघिल्लो चरणको समीकरण
-
१२ बजे १२ समाचार: मन्त्रीको निवासमा प्रहरी पुगेपछि तरङ्गदेखि ६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुनसम्म
-
क्षेत्रीय शान्तिका लागि पाकिस्तानी प्रधानमन्त्री र साउदी क्राउन प्रिन्सबिच संवाद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण