पार्टीबारे फैलाइएका भ्रममा नपर्न माधव नेपालको आग्रह
सारांश
- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले पार्टी देश र जनतालाई केन्द्रमा राखी सामाजिक–आर्थिक रूपान्तरणको एजेन्डामा काम गरिरहेको बताएका छन् ।
- उनले पार्टीविरुद्ध योजनाबद्ध नकारात्मक प्रचार गर्ने केही व्यक्तिहरूका भ्रममा नपर्न पार्टीपंक्तिलाई आग्रह गरेका छन् ।
- नेपालले पार्टीलाई वैचारिक र साङ्गठनिक रूपमा मजबुत बनाउँदै वैज्ञानिक समाजवादको अवधारणालाई नेपाली समाजको आवश्यकताअनुसार अघि बढाउने बताएका छन् ।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले पार्टीले देश र जनतालाई केन्द्रमा राखेर सामाजिक–आर्थिक रूपान्तरणको एजेन्डासहित काम गरिरहेको दाबी गरेका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक विशेष कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
सहसंयोजक नेपालले केही व्यक्तिहरूले पार्टीका विरुद्ध योजनाबद्ध रूपमा नकारात्मक प्रचार गरिरहेको भन्दै त्यस्ता भ्रमहरूमा नपर्नका लागि सम्पूर्ण पार्टीपङ्क्तिलाई आग्रह समेत गरे । उनले देशलाई केन्द्रबिन्दुमा राख्ने, जनताका मुद्दालाई प्राथमिकतामा राख्ने र समाजमा आमूल परिवर्तन ल्याउने लक्ष्यसहित पार्टी संरचना गठनको कार्य तीव्र गतिमा अघि बढिरहेको स्पष्ट पारे ।
पार्टीको वैचारिक लाइन र सङ्गठन निर्माणबारे चर्चा गर्दै उनले भने, ‘कोही कोही मान्छेहरू नकारात्मक प्रचार गरेर हिँडिरहेका छन् । तर हामीले बुझिरहेका छौँ जुन पार्टी देशलाई केन्द्रबिन्दुमा राखेर अगाडि बढ्दछ, जुन पार्टी जनतालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्छ, जुन पार्टी विश्वास भावले समाजमा आमूल परिवर्तनको सामाजिक आर्थिक रूपान्तरणको एजेण्डा लिएर अगाडि बढ्छ । अहिले हामी नेपाली समाजमा आधारित वैज्ञानिक समाजवाद अङ्गालेर अगाडि बढिरहेका छौँ । यस अर्थमा पनि हामी लामो समयदेखि छलफल चलाइरहेका छौँ । यो सबै कुरालाई समेटेर हामी पार्टीको विधानलाई अन्तिम रूप पनि दिनेछौँ ।’
सहसंयोजक नेपालले नेपाली समाजको वस्तुगत यथार्थ र आवश्यकतालाई सम्बोधन गर्ने गरी वैज्ञानिक समाजवादको अवधारणालाई अघि सारिएको उल्लेख गरे । यही सैद्धान्तिक जगमा उभिएर पार्टीको विधानलाई अन्तिम रूप दिने अन्तिम तयारी भइरहेको समेत उनले जानकारी दिए । पार्टीलाई वैचारिक र साङ्गठनिक रूपमा थप मजबुत बनाएर जनताको लोकप्रिय शक्तिका रूपमा स्थापित गराइने उनको दृढता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षेत्रीय शान्तिका लागि पाकिस्तानी प्रधानमन्त्री र साउदी क्राउन प्रिन्सबिच संवाद
-
इरानको सैन्य शक्ति समाप्त भइसक्यो: डोनाल्ड ट्रम्प
-
इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबिच छलफल हुने
-
लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु (अपडेट)
-
एसियाली करातेमा एरिकालाई कास्य पदक
-
इजरायल र हिज्बुल्लाह समूह ‘युद्धविरामका लागि सहमत’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण