आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

शनिबार, ०६ असार २०८३, २० : ३२
शनिबार, ०६ असार २०८३

सारांश

  • १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बाँकेको कोहलपुरका शिवा थारूलाई पक्राउ गरेको छ।
  • शुक्रबार साँझ पक्राउ परेका थारूमाथि बालिकालाई जबरजस्ती करणी गरेको उजुरी परेको थियो।
  • इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ परेका थारूमाथि आवश्यक अनुसन्धान गरिरहेको छ।

बाँके  । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका वडा नं. १५ चौधरिया गाउँ बस्ने ३० वर्षीय शिवा थारू रहेका छन्। 

उनलाई शुक्रबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो। शिवाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट प्रहरी टोली खटिएको थियो। प्रहरीले उजुरीकै आधारमा उनलाई गाउँबाटै पक्राउ गरेको जनाएको छ। 

पक्राउ परेका थारूमाथि इलाका प्रहरी कार्यालय कोहलपुरले आवश्यक अनुसन्धान गरिरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप