बहुविवाह मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ
शनिबार, ०६ असार २०८३, २० : ३७
सारांश
- बहुविवाह मुद्दाका फरार प्रतिवादी द्वारीका पोखरेललाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ।
- जिल्ला अदालत भक्तपुरले पोखरेललाई बहुविवाह मुद्दामा १ वर्ष ६ महिना कैद र ६० हजार जरिवानाको फैसला सुनाएको थियो।
- अदालतको फैसला कार्यान्वयनका लागि उनलाई जिल्ला अदालत भक्तपुरमा पेस गरिएको छ।
काठमाडौँ । बहुविवाह मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रेको पनौती नगरपालिका वडा नं. ५ बस्ने तथा भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ५ घर भएका ४२ वर्षीय द्वारीका पोखरेल रहेका छन्।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले शुक्रबार भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ९ साँगाबाट पक्राउ गरेको हो।
जिल्ला अदालत भक्तपुरको २०७१ वैशाख ७ गतेको फैसलाले उक्त बहुविवाह मुद्दामा पोखरेललाई १ वर्ष ६ महिना कैद सजाय र ६० हजार रूपैयाँ जरिवाना ठहर गरेको थियो। अदालतको फैसलापछि फरार रहँदै आएका उनलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा पेस गरिएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रायन ब्रोबीको दुई गोलले ह्युस्टनमा नेदरल्याण्ड्स हाबी, दबाबमा स्विडेन
-
मुस्ताङ भन्सारबाट एघार महिनामा सात अर्ब ६६ करोड राजश्व सङ्कलन
-
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
-
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको नेतृत्वमा रामप्रसाद गैरे समूह निर्वाचित
-
ब्रायन ब्रोबी चम्किएपछि नेदरल्याण्ड्सको दोब्बर अग्रता
-
नेदरल्याण्ड्सलाई सुरुवाती अग्रता, ब्रायन ब्रोबीले गरे गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण