रास्वपा महाधिवेशनलाई डा. सीके राउतले भने– यो क्रान्तिको महोत्सव पनि हो
सारांश
- जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनलाई क्रान्तिको महोत्सव भएको टिप्पणी गरेका छन् ।
- उनले मधेसीको छोरालाई प्रधानमन्त्री बनाएको कारण पनि आफू शुभकामना दिन उपस्थित भएको बताए ।
- उनले रास्वपाले पाएको विश्वास र जनमत आन्दोलनका सहिदहरूको सपना नबिर्सन तथा सङ्घीयतालाई बलियो बनाउने बाचा पूरा गर्न सुझाव दिए ।
चितवन । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले रास्वपा महाधिवेशनलाई क्रान्तिको महोत्सव भएको टिप्पणी गरेका छन् । आइतबार चितवनको भरतपुरमा सुरु भएको रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिँदै अध्यक्ष राउतले यस्तो बताएका हुन् ।
अध्यक्ष राउतले देश बनाउने उत्कट चाहाना भएकाले आफू शुभकामना दिन उपस्थित हुन आएको भन्दै यो केवल महाधिवेशन मात्र नभएर क्रान्तिको महोत्सव भएको बताए ।
‘यो महाधिवेशन मात्र नभएर क्रान्तिको महोत्सव हो’, उनले भने, ‘मधेसीको छोरालाई प्रधानमन्त्री बनाएको कारण पनि म यहाँ उपस्थित भएको छु ।’ उनले रास्वपाले पाएको विश्वास र जनमत आन्दोलनका सहिदहरूको सपना नबिर्सन सुझाव दिए । प्रधानमन्त्री बालेन शाहप्रति नेपाली जनताको ठुलो भरोसा राखेको भन्दै जनतालाई हृदयमा राखेर काम गर्न तथा सुझाव दिए । साथै उनले सभापति रवि लामिछानेको त्याग र तपस्याको खुलेर प्रशंसा गरे । अध्यक्ष राउतले सभापति लामिछाने र आफू एकै पटक संसदमा निर्वाचित भएको स्मरण गर्दै उनले चार वर्षमा रास्वपालाई जनताले दिएको झन्डै दुई तिहाइ बहुमत जनताको विश्वास रहेकाले जिम्मेवारी नबिर्सन आग्रह गरे ।
‘सङ्घीयतालाई बल्गर बनाउने जुन उद्घोष गर्नुभएको थियो, त्यो बाचा पुरा गर्नुस्’, उनले भने, ‘यदि हामी वाचा पुरा गरेनौ भने जनता र हावामा समानता छ । यो कसैको पनि हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षी दल नेकपाले गर्यो बजेट परिमार्जन गर्नुपर्ने माग
-
चार अदालतबाट मुद्दा संशोधनपछि रवि लामिछानेको राजनीतिक यात्रा सहज दिशा उन्मुख
-
फ्रान्समा गर्मीको कहर : बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाव, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी
-
९६ वर्षका १००० खेलमा विश्वकप फुटबलले कोरेको इतिहास
-
बालेनले रास्वपा महाधिवेशनमा दिए संसद्मा उठेका प्रश्नकाे जवाफ
-
अत्यधिक रक्तश्राव भएकी महिलाको हेलिकाेप्टरमार्फत उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण