मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

पाइलटले तालिम लिइरहँदा विमान दुर्घटना

सोमबार, १५ असार २०८३, २२ : ००
सोमबार, १५ असार २०८३

सारांश

  • भारतको उत्तर प्रदेशको कासगंजमा सोमबार दिउँसो प्रशिक्षार्थी विमान दुर्घटनाग्रस्त हुँदा एक विमान चालक घाइते भएकी छन्।
  • स्थानीय अधिकारीहरूका अनुसार, विमान प्रशिक्षणका क्रममा जमिनबाट करिब ५० फिट माथि रहेको बेला सन्तुलन गुमाएर राजमार्गमा दुर्घटना भएको हो।
  • चेतक हवाई कम्पनीको उक्त विमान दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

काठमाडौँ । भारतको उत्तर प्रदेशमा एउटा प्रशिक्षार्थी विमान दुर्घटनाग्रस्त हुँदा एक विमान चालक घाइते भएकी छन् । 

सोमबार दिउँसो उत्तर प्रदेशको कासगंजमा प्रशिक्षार्थी विमान दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा विमान चालक मुम्बई निवासी २७ वर्षीया कैनत खान घाइते भएकी छन् ।  विमान प्रशिक्षणका क्रममा दुर्घटना भएको स्थानीय अधिकारीहरूले बताएका छन् । 

प्रशिक्षणका क्रममा विमान जमिनबाट करिब ५० फिट माथि रहेको र सन्तुलन गुमाएर राजमार्गमा दुर्घटना भएको बताइएको छ । 

विमान दुर्घटना भए लगत्तै प्रहरी र प्रशासनको टोली घटनास्थलमा पुगेर घाइते विमान चालकको उद्धार गरेका थिए । क्षेत्रलाई घेराबन्दी गरिएको थियो। दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ। 

उक्त विमान अलिगढस्थित चेतक हवाई कम्पनीको रहेको बताइएको छ । जुन कम्पनी नागरिक उड्डयन महानिर्देशनालय द्वारा मान्यता प्राप्त उडान प्रशिक्षण प्रतिष्ठान भएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । सो कम्पनीका  पाइलटहरूले सेस्ना १७२ र सेस्ना १५२ जस्ता विमानहरूमार्फत प्रशिक्षण लिने गरेका छन्।

प्रत्यक्षदर्शीहरूका अनुसार, विमान आकाशमा उडिरहेको बेला अचानक सन्तुलन गुमाएको र बिजुलीका तारहरूमा ठोक्किएर राजमार्ग छेउमा खसेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप