बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

मन्त्रालयमा हाजिर गर्दै छानबिनमा परेका तत्कालीन महानिर्देशक ढकाल

न छानबिन टुङ्गियो न निर्णय
बुधबार, १७ असार २०८३, १३ : २२
बुधबार, १७ असार २०८३

सारांश

  • औषधिको मूल्य वृद्धिलाई लिएर छानबिनमा रहेका औषधी व्यवस्था विभागका तत्कालीन महानिर्देशक नारायणप्रसाद ढकाल स्वास्थ्य मन्त्रालयमा हाजिर गर्दै आएका छन् ।
  • स्वास्थ्य मन्त्रालयका अनुसार ढकाललाई निलम्बन नगरिएकाले उनी नियमित हाजिर गर्दै आएका हुन् ।
  • औषधिको मूल्यवृद्धिसम्बन्धी छानबिन गर्न स्वास्थ्य मन्त्रालयले समिति गठन गरे पनि समितिका सदस्यहरूले पत्र नै नपाएको बताएका छन् ।

काठमाडौँ । औषधिको मूल्य वृद्धिलाई लिएर छानबिनमा रहेका औषधी व्यवस्था विभागका तत्कालीन महानिर्देशक नारायणप्रसाद ढकालले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा हाजिर गर्दै आएका छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार ढकालले मन्त्रालयमा नियमित हाजिर गर्दै आएका हुन् ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले ढकाललाई निलम्बन गरिएको नभई छानबिनको मात्रै विषय भएकाले हाजिर गर्दै आएको बताए ।

थप अध्ययन गर्न स्वास्थ्य मन्त्रालयले छानबिन समिति गठन गरे पनि सो समितिले आफूले पत्र नै प्राप्त नगरेको बताएका छ । स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यसबारे थप निर्णय गर्न ढिलाइ गरेको देखिन्छ । 

ढकालमाथि छानबिन गर्न स्वास्थ्य मन्त्रालयले मन्त्रालयका अतिरिक्त सचिव डा.श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । तर, समितिका सदस्यहरूले आफूले पत्र नै नपाएको बताएका छन् । समितिका सदस्य समेत रहेका डा.श्रेष्ठले भने, ‘पत्र नै प्राप्त गरेनौँ । त्यसपछि के भइरहेको छ ? थाहा भएन ।’ 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत चैत १६ गते यसबारे उजुरी प्राप्त भएको र अनियमित तरिकाले मूल्य वृद्धि गर्ने काममा को कसको संलग्नता भएको हो भन्नेबारे खुलाएर प्रतिवेदन बुझाउन कार्यादेशसहित डा.श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा समिति गठन गरेको हो । 

ढकालमाथि अनियमित तरिकाले औषधिले मूल्यवृद्धि गरिएको विषयमा उजुरी परेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप